सुनको भाउ आज फेरी बढ्यो
मंगलबार, जेठ २३, २०८०
हिजो सोमवार तोलामा १ लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज १ लाख १२ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
५ महिनामा ४ लाख पर्यटक नेपाल भित्रिए
सोमबार, जेठ २२, २०८०
सन् २०२३ को ५ महिना बितिसक्दा बाहिरबाट ४ लाख पर्यटक भित्रिएका छन् । जबकि सन् २०२२ भरी जम्मा ६ लाख पर्यटकले नेपाल टेकेका थिए । त्यसैले यही रफ्तारमा पर्यटक आगमन हुने हो भने यो वर्ष १० लाख कट्ने अनुमान छ ।
सुनको भाउले दिनहुँ नयाँ रेकर्ड बनाउँदै, आज प्रतितोला कति पुग्यो ?
शुक्रबार, जेठ १९, २०८०
सरकारले भन्सार दर बढाएका कारण सुनको मूल्य बढेको सुनचाँदी व्यवसायीहरूले बताएका छन्। सोही कारण मंगलबार देखि शुक्रबारसम्म सुन प्रतितोलामा ५ हजार २ सय रूपैयाँ बढिसकेको छ।
एकै महिनामा हवाइमार्ग हुँदै ७७ हजार ७ सय ३ जना पर्यटक नेपाल भित्रिए
बिहीबार, जेठ १८, २०८०
कोभिड अघि सन् २०१९ को मे महिनामा हवाई मार्ग हुँदै ७८ हजार ३ सय २९ पर्यटक नेपाल भित्रिएका थिए। नेपाल पर्यटन बोर्डका अनुसार सबैभन्दा बढी पर्यटक भारतबाट आएका छन्। त्यसपछि दोस्रो धेरै पर्यटक अमेरिकाबाट ८ हजार ५ सय ४५ जना पर्यटक नेपाल आएका छन्।
१६ अंकले बढ्यो नेप्से, सबै सूचक हरियो
बिहीबार, जेठ १८, २०८०
बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने प्रभु बैंकको संस्थापक शेयर, शिवम् सिमेन्ट, एनआईसी एशिया बैंक, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था आदि परेका छन् ।
आज २३ औँ विश्व दूध दिवस, कृषिप्रधान देश नेपाल दूधमा अझै परनिर्भर
बिहीबार, जेठ १८, २०८०
राष्ट्रिय दुग्ध विकास बोर्डको संयोजकत्वमा सरोकारवाला निकाय, पशु सेवा विभाग, दुग्ध विकास संस्थान, केन्द्रीय दुग्ध सहकारी सङ्घ लिमिटेड, नेपाल डेरी एशोसिएसन, डेरी उद्योग सङ्घ, केन्द्रीय पशुपक्षी मत्स्य सहकारी सङ्घ लगायत सरोकारवाला निकायले विश्व दूध दिवसका अवसरमा आज विभिन्न कार्यक्रम गर्दैछन् ।
फेरि सुनको भाउले तोड्यो नयाँ रेकर्ड
बिहीबार, जेठ १८, २०८०
यो भाउ अहिलेसम्मकै उच्च हो । हिजो सुनको भाउ तोलामा १ लाख १२ हजार रुपैयाँ पुगेको थियो । आज फेरि तोलामा ५ सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
नेप्सेमा भीषण पहिरो, सूचक घटेपनि कारोबार रकम बढ्यो
बुधबार, जेठ १७, २०८०
बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने प्रभु बैंकको संस्थापक शेयर, शिवम् सिमेन्ट, एनआईसी एशिया बैंक, स्टान्डर्ड चार्टड बैंक आदि परेका छन् ।
बजारभरी हानिकारक विषादी युक्त 'आँप' छ्यापछ्याप्ती, सरकारी अनुगमन निकाय मौन
बुधबार, जेठ १७, २०८०
भारत सितको खुला सीमाका कारण व्यापारीले सस्तोमा काँचो आँप नेपाल भित्र्याउने गरेका छन् । काँचो आँप ल्याउने र कार्बाइडको प्रयोगबाट पाकेका आँप बजारमा बेच्ने प्रवृत्ति मौल्याएको हो ।
श्रोत सुनिश्चित नहुँदा आगामी वर्ष छ प्रतिशतको आर्थिक वृद्धि चुनौतीपूर्ण : नेपाल चेम्बर अफ कमर्स
मंगलबार, जेठ १६, २०८०
बजेटमा सरकारी खर्च कटौती एवं मितव्ययिताको घोषणा गरिनु भने स्वागतयोग्य रहेको चेम्बरले जनाएको छ । वि सं २०८० साल साउन १ गतेदेखि आयात हुने मालबस्तुको प्याकेजिङमा आयातकर्ता र बजार बितरकको लेबल लगाएर मात्रै बजार पठाउने व्यवस्थाले सीमामा हुने अवैध व्यापारलाई निरुत्साहित गर्ने चेम्बरको विश्वास छ ।
कस्तो रह्यो बजेट घोषणापछिको पहिलो दिनको कारोबार
मंगलबार, जेठ १६, २०८०
सरकारले आगामी आर्थिक वर्षको बजेट घोषण गरेपछिको आज पहिलो दिन नेप्से ५३ दशमलव १६ अंकले घटेर १८ सय ८८ दशमलव ६१ अंकमा सिमित भएको छ ।
साताको लोकप्रीय