Kath khabar
विश्वकप छनौटमा आज नेपाल र लाओसबिच खेल हुँदै
विश्वकप छनौटमा आज नेपाल र लाओसबिच खेल हुँदै यस अघि गत बिहीबार दशरथ रंगशालामा भएको पहिलो लेगमा १–१ गोलको बराबरी खेल्दै नेपाल हारबाट जोगिएको थियो। दोस्रो चरणमा पुग्न नेपालमाथि जित हात पार्नुपर्ने दवाव छ ।
फिफा विश्वकप २०२६ छनोटमा अञ्जन विष्टको कीर्तिमानी गोल संगै नेपाल हारबाट जोगियो
फिफा विश्वकप २०२६ छनोटमा अञ्जन विष्टको कीर्तिमानी गोल संगै नेपाल हारबाट जोगियो अञ्जनले नेपालबाट अन्तर्राष्ट्रिय गोलमा कीर्तिमान बराबरी गरेका छन् । अञ्जनको यो १३ औँ अन्तर्राष्ट्रिय गोल हो । नेपालबाट हरि खड्का र निराजन रायमाझीको पनि अन्तर्राष्ट्रिय गोलको सङ्ख्या १३ छ ।
आईसीसी विश्वकप क्रिकेट : अस्ट्रेलिया दक्षिण अफ्रिका संग १३४ रनले पराजित, आज बङ्लादेश र न्युजिल्यान्ड खेल्दै
आईसीसी विश्वकप क्रिकेट : अस्ट्रेलिया दक्षिण अफ्रिका संग १३४ रनले पराजित, आज बङ्लादेश र न्युजिल्यान्ड खेल्दै लगातार दोस्रो जितसँगै दक्षिण अफ्रिका अङ्क तालिकाको शीर्षस्थानमा उक्लिएको छ । लखनउमा हिजो भएको खेलमा जितका लागि ३१२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया ४० ओभर ५ बलमा १७७ रनमा अल आउट भयो ।
दशरथ रङ्गशालामा नेपाल र लाओस बीचको खेल शुरु
दशरथ रङ्गशालामा नेपाल र लाओस बीचको खेल शुरु फिफा विश्वकप सन् २०२६ को पहिलो चरणको छनोट अन्तर्गत नेपाल र लाओस बीचको खेल शुरु भएको छ । खेल केहीबेरअघि त्रिपुरेश्वरको दशरथ रङ्गशालामा शुरु भएको हो ।
फिफा विश्व कपको छनोट खेलमा आज नेपाल र लाओस खेल्दै
फिफा विश्व कपको छनोट खेलमा आज नेपाल र लाओस खेल्दै खेल बेलुका साढे ५ बजे दशरथ रङ्गशालामा शुरु हुनेछ । यो खेलका लागि इटालियन प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले २ जना नयाँ खेलाडी सहित २३ सदस्यीय अन्तिम टोली घोषणा गरेका छन् ।
आईसीसी एकदिवसीय क्रिकेट विश्वकप : अफगानिस्तानले भारतलाई दियो २७३ रनको लक्ष्य
आईसीसी एकदिवसीय क्रिकेट विश्वकप : अफगानिस्तानले भारतलाई दियो २७३ रनको लक्ष्य दुवै टोलीको यो दोस्रो खेल हो । भारतले पहिलो खेलमा अस्ट्रेलियालाई हराउँदै अफगानिस्तान बङ्गलादेशसँग पराजित भएको थियो । भारत १ खेलमा २ अङ्क सहित तालिकाको चौथो स्थानमा छ भने अफगानिस्तान १ खेलमा अङ्क विहीन हुँदै नवौँ स्थानमा छ ।
विश्वकप क्रिकेटमा श्रीलंकालाई ६ विकेटले हराउंदै पाकिस्तानको किर्तिमानी जीत
विश्वकप क्रिकेटमा श्रीलंकालाई ६ विकेटले हराउंदै पाकिस्तानको किर्तिमानी जीत विश्वकपको इतिहासमा पहिलो एकै खेलमा ४ ब्याट्सम्यानले शतक बनाएको यो पहिलो पटक हो । विश्वकपको इतिहासमा कुनै पनि टिमले सफलता पूर्वक पूरा गरेको यो नै अहिलेसम्मकै ठूलो लक्ष्य हो । यसअघि सन् २०११ को विश्वकपमा आयरल्यान्डले इङ्ल्यान्डले दिएको ३२८ रनको लक्ष्य पूरा गर्दै यो कीर्तिमान बनाएको थियो ।
१९ औँ एसियाली खेलकुद : एसियाडको पदकमा चीनको कीर्तिमान, नेपाललाई १ रजत र १ कांस्य
१९ औँ एसियाली खेलकुद : एसियाडको पदकमा चीनको कीर्तिमान, नेपाललाई १ रजत र १ कांस्य सन् १९५१ देखि भाग लिएको नेपाल पदक तालिकाको ३४औँ स्थानमा रहेको छ। नेपालका लागि एरिका गुरुङले कराँतेबाट रजत र महिला कबड्डी टिमले कांस्य जितेको छ। नेपालले सन् २००६ पछि पहिलो पटक २ पदक जितेको हो। यसअघि २०१० देखि २०१९ सम्म ३ संस्करणमा नेपाल १/१ पदकमा मात्र सीमित बनेको थियो।
आजबाट दशैँका लागि अग्रिम टिकट बुकिङ खुला
आजबाट दशैँका लागि अग्रिम टिकट बुकिङ खुला यसपालि ढिलो गरी अग्रिम टिकट बुकिङ खुला भएको हो । अहिलेकै भाडादर कायम रहेको र चाडपर्वको नाममा तोकिएको भन्दा बढी भाडा लिएको पाइए कारबाही गर्ने यातायात मन्त्रालयले जनाएको छ ।
१९औँ एसियाली खेलकुद : ४ विकेटले पाकिस्तानलाई हराउँदै अफगानिस्तान फाइनलमा
१९औँ एसियाली खेलकुद : ४ विकेटले पाकिस्तानलाई हराउँदै अफगानिस्तान फाइनलमा अब अफगानिस्तानले फाइनलमा भोलि शनिवार भारतसँग खेल्नेछ । आजै भएको पहिलो सेमिफाइनलमा बङ्गलादेशलाई हराउँदै भारत फाइनलमा पुगिसकेको छ ।
इङ्ल्यान्डलाई ९ विकेटले हराउँदै विश्वकप क्रिकेटमा न्युजिल्यान्डको विजयी शुरुवात
इङ्ल्यान्डलाई ९ विकेटले हराउँदै विश्वकप क्रिकेटमा न्युजिल्यान्डको विजयी शुरुवात इङ्ल्यान्ड अघिल्लो संस्करण सन् २०१९ को विजेता र न्युजिल्यान्ड उपविजेता हो । १३ औँ संस्करणको प्रतियोगिता हिजो बिहीवार देखि शुरु भएको हो । भोलि पाकिस्तान र नेदरल्यान्ड्स बीच खेल हुनेछ ।
१९औँ एसियाली खेलकुद : महिला कबड्डीमा नेपाललाई पहिलो पदक
१९औँ एसियाली खेलकुद : महिला कबड्डीमा नेपाललाई पहिलो पदक महिला कबड्डीको सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएको छ । भारतसँग पराजित भएसँगै नेपाल कास्य पदकमै सीमित भएको हो । 
Weather Update