बाजुरापछि दोलखा (ख) मा पनि मतगणना स्थगित
शुक्रबार, मंसिर १६, २०७९
ग्रेडरले कुल्चिएर छात्राको मृत्युपछि धनगढीमा आन्दोलनरत विद्यार्थीहरुद्वारा निषेधाज्ञाको अवज्ञा गर्दै पुनः प्रदर्शनमा
शुक्रबार, मंसिर १६, २०७९
प्रहरीले विद्यार्थीहरूमाथि बिहीबार दिनभरजसो बल प्रयोग गरिरह्यो। सरोकारवाला निकाय पनि खासै जिम्मेवार देखिएनन्, जसले गर्दा विद्यार्थीहरूको कलिलो बालमनोविज्ञान थप आक्रोशित बन्न पुग्यो। न्याय दिन माहोल शान्त पार्नुपर्नेमा आफ्नै उमेर नपुगेका साना साथीहरू गिरफ्तार हुन थालेपछि विद्यार्थीहरू थप आक्रोशित बने।
हिउँदमा जिम्मुको व्यापार, बर्खाको घरखर्चलाई जोहो
बिहीबार, मंसिर १५, २०७९
यस मौसममा मुस्ताङीले घुम्ती व्यापारबाट कम्तीमा २ देखि ५ लाखसम्म आम्दानी गरेर बर्खायामलाई पुग्नेगरी खाद्यान्न खरिद गरी लैजाने प्रचलन छ। यो मुस्ताङको उपल्लो क्षेत्रका बासिन्दाको पुरानै प्रचलन हो। पहिले सटही व्यापार गर्ने उनीहरु आजभोलि नगदमा कारोबार गर्छन्।
हेपिएको तरकारी स्कुस
आइतबार, मंसिर ११, २०७९
एन्टिअक्सिडेन्ट विभिन्न प्रकारका खाद्य पदार्थहरूमा पाइन्छ, यिनीहरूमध्ये स्कुसमा माइरिसेटिन सबैभन्दा अधिक मात्रामा पाइन्छ । विभिन्न अनुसन्धान अनुसार माइरिसेटिन क्यान्सर प्रतिरोधी छ साथै यसले मधुमेह र जलन पनि कम गर्छ ।
नेपाल वायुसेवा निगमको जहाजको ‘इन्जिन स्टार्ट’ नभएपछि...१ सय ५२ जना यात्रु अलपत्र
आइतबार, मंसिर ११, २०७९
‘हामीसँग दुईवटा एयर स्टार्ट युनिट थिए । एउटा बिग्रेर थन्किएको छ । अर्को पनि जीर्णै थियो । आज चलाउन खोजेको तर कामै गरेन,’ उक्त उडानमा रहेका एक अधिकृतले भने, ‘ग्राउन्ड ह्यान्डलिङ विभागको लापरबाही देखियो । अहिले कुनै विदेशी वायुसेवाको इन्जिनमा समस्या देखिएको भए के हुन्थ्यो ?’
भटमास खेतीबाट गर्न सकिन्छ मनग्य आम्दानी
आइतबार, मंसिर ११, २०७९
“भटमास खेती पहाडी क्षेत्रमा मात्रै हुने गरेको थियो” दोधाराकै किसान हरिनारायण तिवारीले भने, “निकटबर्ती क्षेत्रका भारतीयहरुले भटमास खेती गरेको देख्यौँं र त्यसकै अनुसरण गर्दै परीक्षणका रुपमा खेती गर्न लाग्यौँ, उत्पादन राम्रो भएपछि यसलाई निरन्तरता दिदै आएका छौँ।”
नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको तेस्रो दिन, ३ प्रस्तुति मञ्चन....
आइतबार, मंसिर ११, २०७९
यो नाटकले सन् १९९० देखि २००० को बिचमा आफ्नो मातृभूमि भुटानबाट विस्थापित भएपश्चात, शरणार्थीको रुपमा नेपालबाट अमेरिका पुगेका भुटानी-नेपाली-अमेरिकी मानिसहरुको इतिहास र संस्कृतिबारे बताउँछ । नाटक, तामाङ्ग समुदायकी नीमा बलको परिवारको सत्यघटनामा आधारित छ, जुन समुदाय भुटानी-नेपाली आदिवासी जनजाति समुदाय पनि हो ।
ह्वाट्सएपमा साइबर आक्रमण, ५० करोड प्रयोगकर्ताको डेटा बिक्रीमा
आइतबार, मंसिर ११, २०७९
यसमा सन् २०२२ को ४८.७ करोड मोबइल नम्बरहरु बिक्रीमा राखिएको पाइएको छ । ब्रिच भएको डेटामा ८४ देशहरुका डेटा समावेश गरिएका छन् । अमेरिकाको डेटासेट ७ हजार डलरमा बिक्रीमा राखिएको छ । बेलायतको डेटाबेस २ हजार ५०० डलरमा विक्रिमा राखिएको छ । यी नम्बर मार्केटिङ तथा फिशिङ कुनै पनि कारणका...
काठमाडौं विश्वविद्यालयको सहकार्यमा पहिलो पटक सहकारी डिप्लोमा कोर्ष सञ्चालन हुदै
शुक्रबार, मंसिर ९, २०७९
नेपालमा पहिलो पटक विश्वविद्यालयको सहकार्यमा सहकारीको डिप्लोमा कोर्ष संचालन हुन लागेको वताउदै महाप्रबन्धक सुब्बाले यस अघि नेपालबाट सहकारीको डिप्लोमा गर्नका लागि भारत जानुपर्ने वाध्यता अव अन्त्य भएको वताउनुभयो । ३ महिने कोर्ष पुरा गरेपछि विश्वविद्यालयले प्रमाणित गर्ने सट्टिफिकेट हुने भएकाले यसमा आकर्षण बढेको छ ।
अभिनेत्री शबाना आजमी काठमाडौंमा
शुक्रबार, मंसिर ९, २०७९
सामाजिक रुपान्तरणको लागि रङ्गमञ्चः विविधिताको उत्सव भन्ने नाराका साथ हुन लागेको यस महोत्सवमा आजमीले नेपाली रंगकर्मी तथा कलाकारहरुलाई ‘मास्टरक्लास’ पनि दिनुहुनेछ ।
काभ्रे २ मा कांग्रेसका शिवप्रसाद हुमागाईलाई ६ हजार मतान्तरले उछिन्दै गोकुल बास्कोटा निर्वाचित
शुक्रबार, मंसिर ९, २०७९
अघिल्लो पटक ०७४ मा पनि बास्कोटा यही क्षेत्रबाट निर्वाचित भएका थिए । ५५ हजार ५२६ मत ल्याएका उनी धेरै मतान्तर सहित विजयी हुनेमा थिए । तर, यसपटक भने उनले कांग्रेस उम्मेदवारसँग निकै प्रतिस्पर्धा गर्नुपरेको थियो।
आइसिटी अवार्ड २०२२ मा उत्कृष्ट ५ स्टार्टअप
बिहीबार, मंसिर ८, २०७९
उत्कृष्ट १२ मा पर्न सफल स्टार्टअप, प्रोडक्ट र राइजिङ स्टार इनोभेसनहरुको लागि पब्लिक च्वाइस आइसिटी अवार्ड २०२२ पनि भोटिङसँगै खुल्ला हुनेछ ।
मुलुक चुनावी मत परिणाममा व्यस्त भैरहदा काठमाडौंको न्यूरोड र नरदेवीमा सुन लुटपाट
बिहीबार, मंसिर ८, २०७९
मनिला तामाङको डेरा कोठा तलासी गर्दा घटनामा प्रयोग भएको प्रदेश ३-०२-००१ प ६२१७ नम्बरको मोटरसाइकल, घटनामा प्रयोग भएको पेस्तोल १ थान, सोही पेस्तोलमा लाग्ने गोली ४ राउण्ड सहितको म्याग्जिन, जर्सी र ज्याकेट सहितको प्रहरी पोशाक १ जोर, नियन्त्रित लागूऔषध फेनारगन १ सय ९७ एम्पुल, डाईजेपाम १ सय ९७ एम्पुल र...
साताको लोकप्रीय