Kath Khabar
‘अञ्जिला’ को मुनाफाबाट कप्तान सुब्बाको घर बनाइने
‘अञ्जिला’ को मुनाफाबाट कप्तान सुब्बाको घर बनाइने “प्रदर्शनकै दिनदेखि हामी काठमाडौँ उपत्यकामा रहेका प्रायः चलचित्र भवनमा पुगेर दर्शकमाझ प्रतिक्रिया लिइरहेका छौँ । चलचित्रको व्यापार पहिलो दिनको तुलनामा दोस्रो दिन र दोस्रो दिनको तुलनामा तेस्रो दिन बढेको छ । चलचित्र हेर्नुभएका दर्शकले राम्रो प्रतिक्रिया दिनुभएको छ, यसकारण आउँदा दिनमा व्यापार बढ्नेमा हामी विश्वस्त छौँ”, वितरक श्रेष्ठले भन्नुभयो ।
लिम्बूहरूको सांस्कृतिक तथा आध्यात्मिक जीवनसँग सम्बन्ध राख्ने मुन्धुम संरक्षणको आवश्यकता
लिम्बूहरूको सांस्कृतिक तथा आध्यात्मिक जीवनसँग सम्बन्ध राख्ने मुन्धुम संरक्षणको आवश्यकता मुन्धुमको लिप्यान्तर र संरक्षण क्षेत्रमा योगदान दिनेहरूमा साधुसन्त स्वभावका लालसोर सेन्दाङ पनि एक हुनुहुन्थ्यो । मुन्धुम संरक्षणका लागिरहेको बेला राणाकालमा ताप्लेजुङबाट निर्वासित भई दार्जिलिङ र सिक्किमका विभिन्न गाउँहरूमा फिरन्ता भई मुन्धुमको प्रचार गरेको इतिहासमा पढ्न पाइन्छ ।
एघार महिनादेखि मलेसियामा रोकिएको तिलमायाको शव आज नेपाल ल्याइँदै
एघार महिनादेखि मलेसियामा रोकिएको तिलमायाको शव आज नेपाल ल्याइँदै लामो समयसम्म प्रयास गर्दा पनि शव नेपाल ल्याउन नसक्दा तिलमायाकी वृद्धा आमा र नाबालिका छोरी तड्पिरहनुभएको थियो । जसरी भए पनि छोरीको शव नेपाल ल्याउन आमा धनमाया ११ महिनादेखि वडा कार्यालय र नगरपालिका धाउने गर्नुभएको थियो ।
बाँदर आतङ्कले बसाइँसराइ बढ्दा बस्ती नै खण्डहर
बाँदर आतङ्कले बसाइँसराइ बढ्दा बस्ती नै खण्डहर अर्चले गाउँका जम्मा ३५ घरमा अहिले दुई घर, भोर्लेनीका ३३ घरमध्ये तीन घर, दमाईछाँपमा ८० घरमध्ये ४० घर र थाक्लेमा २५ घर रहेको बस्तीमा अहिले दुई घरमात्र रहेको उहाँले बताउनुभयो । त्यस्तै गुराँसे, राणागाउँमा ६५ घर रहेकामा अहिले ३५ र मोहोरियामा ८० घरपरिवारमा अहिले ३५ घरपरिवार मात्र बाँकी रहेको शिक्षक...
काभ्रेको गोरखनाथ सामुदायिक वनमा डढेलो, नियन्त्रणको प्रयास
काभ्रेको गोरखनाथ सामुदायिक वनमा डढेलो, नियन्त्रणको प्रयास आगलागी भएको क्षेत्रबाट बस्ती करिब एक किलोमिटर टाढा रहेको तथा थलीडाँडा र हर्कभन्ञ्याङमा लगिएको खानेपानी आयोजना जोखिममा रहेको बेथानचोक गाउँपालिका–३ का वडाध्यक्ष कुवेर ढकालले बताउनुभयो । उहाँका अनुसार आगलागी देव्रेतर्फ फैलियो भने मानव बस्ती जोखिममा पर्न सक्छ ।
Weather Update