बेल्जियम: सन् २०२४ को बिदाइसँगै ई–सिगरेटमाथि प्रतिबन्धको घोषणा
सोमबार, पुस १५, २०८१
अमेरिकाका ३९औँ राष्ट्रपति जिमी कार्टरको १०० वर्षको उमेरमा निधन
सोमबार, पुस १५, २०८१
उहाँले सन् २०१५ मा आफ्नो छोरा ब्युको क्यान्सरबाट निधन हुँदा पूर्वराष्ट्रपतिले आफू र आफ्नी पत्नी जिललाई सान्त्वना दिएको सम्झना गर्नुभयो । कार्टर आफैँलाई पछि क्यान्सर भएको थियो । वासिङ्टनमा कार्टरको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्न आदेश दिनुभएका बाइडेनले भन्नुभयो, “जिमीलाई यस रोगको विनाशबारे राम्ररी थाहा थियो ।”
सन् २०२४ मा विश्वको ध्यान खिचेका प्रमुख घटना
आइतबार, पुस १४, २०८१
लडाइँ सुरु भएपछि सुडानी जनताले दुःख भोगेका छन् । मृत्युको सही सङ्ख्या अज्ञात छ । मृतकको सङ्ख्या २० हजार पुगेको अनुमान गरिए पनि युद्धसँग सम्बन्धित रोग र भोकमरीलाई समावेश गर्दा यो सङ्ख्या ६० हजारभन्दा बढी वा अझ बढी हुनसक्छ । डार्फरमा अनिकाल घोषणा गरिएको छ ।
दक्षिण कोरियामा भएको विमान दुर्घटना १७९ जनाको मृत्यु भएको पुष्टि
आइतबार, पुस १४, २०८१
जेजु एयरका सीईओ किम ईबेले पीडित परिवारलाई आवश्यक सबै सहयोग गर्ने वाचा गर्दै आफ्ना प्रियजनहरू गुमाएका परिवारका सदस्यहरूप्रति समवेदना व्यक्त गरेका छन् ।
‘खतरनाक नयाँ युग’ : जलवायु परिवर्तनले २०२४ मा विपत्ति निम्त्यायो
शुक्रबार, पुस १२, २०८१
“जीवाश्म इन्धनको तापक्रम वृद्धिको प्रभाव सन् २०२४ भन्दा बढी स्पष्ट वा विनाशकारी कहिल्यै भएको छैन । हामी एउटा खतरनाक नयाँ युगमा बाँचिरहेका छौँ”, डब्लुडब्लुए सञ्जालको नेतृत्व गर्ने जलवायु वैज्ञानिक फ्रेडेरिक ओटोले भन्नुभयो ।
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन
शुक्रबार, पुस १२, २०८१
पूर्वप्रधानमन्त्री एक सरल टेक्नोक्र्याट हुनुहुन्थ्यो । उहाँलाई पहिलो कार्यकालमा एसियाको चौथो ठूलो अर्थतन्त्रको आर्थिक वृद्धिको नेतृत्व गरेकामा प्रशंसा गरिएको थियो तर उहाँको दोस्रो कार्यकाल ठूला भ्रष्टाचार काण्ड, मन्द विकास र उच्च मुद्रास्फीतिका साथ समाप्त भयो ।
साताको लोकप्रीय