Kath khabar
अफगानिस्तानमा ६.३ रेक्टर स्केलको भूकम्पमा १०० ज्यान गयो, १ हजार भन्दा धेरै घाइते
अफगानिस्तानमा ६.३ रेक्टर स्केलको भूकम्पमा १०० ज्यान गयो, १ हजार भन्दा धेरै घाइते भूकम्पका कारण कयौँ घरहरु ध्वस्त भएका छन् । कयौँ नागरिक भग्नावशेषमा पुरिएको छन् । उनीहरुको  खोजी तथा उद्दारको काम भइरहेको छ । त्यहाँ शक्तिशाली ३ वटा भूकम्प गएको मापन गरिएको खबरमा उल्लेख छ ।
यस वर्षको नोबेल शान्ति पुरस्कार इरानकी जेलमा रहेकी नर्गिस मोहमदीलाई
यस वर्षको नोबेल शान्ति पुरस्कार इरानकी जेलमा रहेकी नर्गिस मोहमदीलाई इरानको सरकारले उहाँलाई १३ पटकसम्म पक्राउ गरिसकेको छ । ५ पटकसम्म उहाँ दोषी ठहर भइसक्नुभएको छ । मोहम्मदीलाई ३१ वर्ष जेल सजाय तोकिएको छ भने १५४ पटक कोर्रा हान्ने आदेश दिइएको छ ।
साहित्य तर्फको नोबेल पुरस्कार नर्वेका लेखक युन फोसालाई
साहित्य तर्फको नोबेल पुरस्कार नर्वेका लेखक युन फोसालाई सन् १९५९ मा जन्मिएका युन फोसाले ४० भन्दा बढी नाटक, उपन्यास, निबन्ध र बाल पुस्तकहरू लेखेका छन् । उनले अनुवादको क्षेत्रमा पनि योगदान दिएका छन् ।
फ्रान्समा उडुस आतङ्क
फ्रान्समा उडुस आतङ्क पछिल्लो केही वर्षयता उडुस फ्रान्सको राष्ट्रिय समस्या नै बनिरहेको छ । चाहे घर होस् वा अस्पताल अनि सिनेमाघर होस् वा रेल, सबै ठाउँमा उडुसको आतंक छ ।
गुगलको भूकम्पबारे पूर्व सूचना दिने 'एन्ड्रोइड अलर्ट सिस्टम’ भारतबाट शुरु
गुगलको भूकम्पबारे पूर्व सूचना दिने 'एन्ड्रोइड अलर्ट सिस्टम’ भारतबाट शुरु गुगलले राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण र राष्ट्रिय भूकम्प मापन केन्द्रको सहकार्यमा यो चेतावनी दिने प्रणाली ल्याएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । यो प्रणालीले केही हप्तामा पूर्णरुपमा काम गर्न थाल्ने खबरमा उल्लेख छ ।
मस्जिद नजिकै विष्फोट हुँदा ७ जनाको मृत्यु, २५ भन्दा बढी घाइते
मस्जिद नजिकै विष्फोट हुँदा ७ जनाको मृत्यु, २५ भन्दा बढी घाइते पैगम्बर मोहम्मदको जन्मदिन मनाउन भेला भएका भक्तजनलाई लक्ष्य गरी विष्फोट गराइएको बताउँदै गृह मन्त्रालयले अनुसन्धान जारी रहेको जनाएको छ । मास्तुङ जिल्लाका सहायक आयुक्तले आतङ्कवादीले उक्त विष्फोट गराएको बताएका छन् ।
आज सर्च इन्जिन गुगलको २५ औं जन्मदिन 
आज सर्च इन्जिन गुगलको २५ औं जन्मदिन  स्टान्डफर्ड युनिभर्सिटीमा पीएचडी अध्ययन गरिरहेका ल्यारी पेज र सर्गेई ब्रिनले आफ्नी अर्की साथी सुसन वजेस्कीको ठाउँ भाडामा लिएर आफ्नो सर्च इन्जिन परियोजना अगाडि बढाएका थिए । शुरुवातमा गुगलको लोगो कस्तो थियो, २५ वर्षपछि अहिले कस्तो छ, त्यही एनिमेसन भिडिओमा हेर्न सकिन्छ । गुगलका अनुसार आज गुगलमा जन्मदिनबारे केही जिज्ञासा राख्यो...
अजरबैजानको एक इन्धन डिपोमा विस्फोट हुँदा २० जनाको मृत्यु, ३ सय भन्दा धेरै घाइते
अजरबैजानको एक इन्धन डिपोमा विस्फोट हुँदा २० जनाको मृत्यु, ३ सय भन्दा धेरै घाइते ३ सय जना मानिसलाई अस्पतालमा भर्ना गरिएकोमा कैयौँको अवस्था गम्भीर रहेको खबरमा उल्लेख छ । नागोर्नो काराबाख क्षेत्रमा पर्याप्त अस्पताल नहुँदा उपचारमा समस्या भएको छ ।
चीनको कोइला खानीमा आगलागी हुँदा १६ जनाको मृत्यु
चीनको कोइला खानीमा आगलागी हुँदा १६ जनाको मृत्यु राजधानी बेइजिङबाट झण्डै ३ हजार ६ सय किलोमिटर दक्षिणपश्चिममा रहेको कोइला खानीमा आगलागी भएको हो ।
शनिबार देखि १९औँ एशियाली खेलकुद चीनको हाङ्चाओमा शुरु हुँदै
शनिबार देखि १९औँ एशियाली खेलकुद चीनको हाङ्चाओमा शुरु हुँदै विश्वका ४५ देशको सहभागिता रहने कुल ४० खेलमध्ये प्रतियोगितामा नेपालको तर्फबाट २९ खेलमा १२७ महिला र १२६ जना पुरुष गरी २५३ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । एशिया ओलम्पिक काउन्सिलका अनुसार २०२२ मा स्थगित भएको १९औँ एसियाली खेलकुद २०२३ सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्ममा सारिएको थियो। 
Weather Update