अफगानिस्तानमा भूकम्पमा परी मृत्यु हुनेको संख्या २ हजार नाघे
सोमबार, असोज २२, २०८०

हमासले इजरायलमा गरेको आक्रमणमा १० जना नेपाली विद्यार्थी मारिएको पुष्टि अझै १ जना सम्पर्क विहीन
सोमबार, असोज २२, २०८०
११ महिनाका लागि 'लर्न एन्ड अर्न' कार्यक्रमअन्तर्गत् कृषि अनुसन्धान तथा कामका सिलसिलामा इजरायल गएकाहरू मध्ये सल्यानका प्रमोद केसी र कैलालीका बीरेन्द्र चौधरी सकुलस छन्। तीमध्ये प्रमोद कृषि फार्मका मालिकसँग रहेका छन् भने बीरेन्द्र प्रहरी कहाँ सुरक्षित छन्।
1696767151.jpg)
२ इजरायली पर्यटकको इजिप्टमा गोली हानेर हत्या
आइतबार, असोज २१, २०८०
एलेक्जेन्ड्रिया शहरमा १ जना प्रहरीले आइतबार पर्यटकहरू माथि गोली चलाएका थिए।मारिनेमा १ जना इजिप्टका नागरिक पनि छन्। प्रहरीले इजरायली पर्यटक माथि गोली हान्नुको कारण खुलेको छैन।
इजरायल माथि हमासको आक्रमण २५० जनाभन्दा धेरैको ज्यान गयो, ९ नेपाली घाइते
आइतबार, असोज २१, २०८०
तेल अबिबस्थित नेपाली राजदूतावासले ९ जना नेपाली घाइते भएको पुष्टि गरेको छ । दक्षिणी इजरायलको अलुमिन किबुजमा कृषि फार्ममा कार्यरत नेपाली घाइते भएका हुन् । अन्य केही आक्रमणकारीको घेराबन्दीमा परेको समेत दूतावासले जनाएको छ ।

अफगानिस्तानमा ६.३ रेक्टर स्केलको भूकम्पमा १०० ज्यान गयो, १ हजार भन्दा धेरै घाइते
आइतबार, असोज २१, २०८०
भूकम्पका कारण कयौँ घरहरु ध्वस्त भएका छन् । कयौँ नागरिक भग्नावशेषमा पुरिएको छन् । उनीहरुको खोजी तथा उद्दारको काम भइरहेको छ । त्यहाँ शक्तिशाली ३ वटा भूकम्प गएको मापन गरिएको खबरमा उल्लेख छ ।

यस वर्षको नोबेल शान्ति पुरस्कार इरानकी जेलमा रहेकी नर्गिस मोहमदीलाई
शुक्रबार, असोज १९, २०८०
इरानको सरकारले उहाँलाई १३ पटकसम्म पक्राउ गरिसकेको छ । ५ पटकसम्म उहाँ दोषी ठहर भइसक्नुभएको छ । मोहम्मदीलाई ३१ वर्ष जेल सजाय तोकिएको छ भने १५४ पटक कोर्रा हान्ने आदेश दिइएको छ ।
साहित्य तर्फको नोबेल पुरस्कार नर्वेका लेखक युन फोसालाई
बिहीबार, असोज १८, २०८०
सन् १९५९ मा जन्मिएका युन फोसाले ४० भन्दा बढी नाटक, उपन्यास, निबन्ध र बाल पुस्तकहरू लेखेका छन् । उनले अनुवादको क्षेत्रमा पनि योगदान दिएका छन् ।
फ्रान्समा उडुस आतङ्क
बिहीबार, असोज १८, २०८०
पछिल्लो केही वर्षयता उडुस फ्रान्सको राष्ट्रिय समस्या नै बनिरहेको छ । चाहे घर होस् वा अस्पताल अनि सिनेमाघर होस् वा रेल, सबै ठाउँमा उडुसको आतंक छ ।
गुगलको भूकम्पबारे पूर्व सूचना दिने 'एन्ड्रोइड अलर्ट सिस्टम’ भारतबाट शुरु
शुक्रबार, असोज १२, २०८०
गुगलले राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण र राष्ट्रिय भूकम्प मापन केन्द्रको सहकार्यमा यो चेतावनी दिने प्रणाली ल्याएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । यो प्रणालीले केही हप्तामा पूर्णरुपमा काम गर्न थाल्ने खबरमा उल्लेख छ ।

मस्जिद नजिकै विष्फोट हुँदा ७ जनाको मृत्यु, २५ भन्दा बढी घाइते
शुक्रबार, असोज १२, २०८०
पैगम्बर मोहम्मदको जन्मदिन मनाउन भेला भएका भक्तजनलाई लक्ष्य गरी विष्फोट गराइएको बताउँदै गृह मन्त्रालयले अनुसन्धान जारी रहेको जनाएको छ । मास्तुङ जिल्लाका सहायक आयुक्तले आतङ्कवादीले उक्त विष्फोट गराएको बताएका छन् ।
आज सर्च इन्जिन गुगलको २५ औं जन्मदिन
बुधबार, असोज १०, २०८०
स्टान्डफर्ड युनिभर्सिटीमा पीएचडी अध्ययन गरिरहेका ल्यारी पेज र सर्गेई ब्रिनले आफ्नी अर्की साथी सुसन वजेस्कीको ठाउँ भाडामा लिएर आफ्नो सर्च इन्जिन परियोजना अगाडि बढाएका थिए । शुरुवातमा गुगलको लोगो कस्तो थियो, २५ वर्षपछि अहिले कस्तो छ, त्यही एनिमेसन भिडिओमा हेर्न सकिन्छ । गुगलका अनुसार आज गुगलमा जन्मदिनबारे केही जिज्ञासा राख्यो...
अजरबैजानको एक इन्धन डिपोमा विस्फोट हुँदा २० जनाको मृत्यु, ३ सय भन्दा धेरै घाइते
मंगलबार, असोज ९, २०८०
३ सय जना मानिसलाई अस्पतालमा भर्ना गरिएकोमा कैयौँको अवस्था गम्भीर रहेको खबरमा उल्लेख छ । नागोर्नो काराबाख क्षेत्रमा पर्याप्त अस्पताल नहुँदा उपचारमा समस्या भएको छ ।

चीनको कोइला खानीमा आगलागी हुँदा १६ जनाको मृत्यु
सोमबार, असोज ८, २०८०
राजधानी बेइजिङबाट झण्डै ३ हजार ६ सय किलोमिटर दक्षिणपश्चिममा रहेको कोइला खानीमा आगलागी भएको हो ।
साताको लोकप्रीय