Kath khabar
रोनाल्डोलाई २ खेलमा प्रतिबन्ध
रोनाल्डोलाई २ खेलमा प्रतिबन्ध गत अप्रिलमा एभर्टन विरुद्धको खेलमा पराजित भएपछि एभर्टनका समर्थकको फोन फुटाएको आरोपमा रोनाल्डोलाई २ खेलको प्रतिबन्ध लगाइएको हो, साथै उनलाई ५० हजार पाउण्ड जरिवाना समेत सुनाइएको छ । 
एम-एच १७ जहाज खसाएर ३ सयको हत्या आरोपमा ३ जनालाई आजिवन काराबासको फैसला
एम-एच १७ जहाज खसाएर ३ सयको हत्या आरोपमा ३ जनालाई आजिवन काराबासको फैसला २०१४ को जुलाई १७ मा नेदरल्याण्डको आम्सटरडमबाट मलेसिया उडेको एम-एच १७ कलसाइन भएको जहाजलाई क्षेप्यास्त्र प्रहार गरी खसालिएको थियो। त्यस घटनामा जहाजका सबै यात्रुको मृत्यु भएको थियो।
इरानमा अज्ञात हमलाकारीद्वारा प्रदर्शनकारी र सुरक्षाकर्मी माथि भीषण गोलीबारी, ५ जनाको मृत्यु
इरानमा अज्ञात हमलाकारीद्वारा प्रदर्शनकारी र सुरक्षाकर्मी माथि भीषण गोलीबारी, ५ जनाको मृत्यु इरानको ड्रेस कोड उल्लङ्घन गरेको आरोपमा महसा अमिनी ३ दिनको लागि प्रहरी हिरासतमा थिइन्, सेप्टेम्बर १६ मा प्रहरी हिरासतमा उनको मृत्यु भएको थियो ।  मेहसा अमिनीको मृत्युपछि इरानमा विगत २ महिना देखि विरोध प्रदर्शन भइरहेको छ ।
टर्कीका धार्मिक नेता अदनानओक्तारलाई यौन दुर्व्यवहारको आरोपमा ८ हजार ६ सय ५८ वर्षको जेल सजाय
टर्कीका धार्मिक नेता अदनानओक्तारलाई यौन दुर्व्यवहारको आरोपमा ८ हजार ६ सय ५८ वर्षको जेल सजाय गएको वर्ष पनि उनीमाथि यौन दुर्व्यवहार र नाबालिग बालिकाको शोषणको मुद्दा परेको थियो । जसका कारण अदनानलाई १ हजार ७५ वर्षको जेल सजाय सुनाइएको थियो । अदनानमाथि राजनीतिक र सैन्य जासुसीको पनि आरोप छ । उनी धार्मिक नेता गुरु भए पनि उनको जीवनशैली फरक छ ।
‘ममाथि फेरि पनि घातक हमला हुन सक्छ’ : इमरान खान
‘ममाथि फेरि पनि घातक हमला हुन सक्छ’ : इमरान खान इमरान खानले भने, ‘म सत्ता बाहिर भएदेखि मेरो पार्टी बलियो भएको छ । मेरो पार्टीले ७५ प्रतिशत उपनिर्वाचन जितेको छ । यस्तो अवस्थामा चुनाव भयो भने हाम्रो पार्टीले जित्छ भन्ने डर छ । त्यसैले तिनीहरू मलाई समाप्त गर्न चाहन्थे। ”
युक्रेन लक्षित मिसाइल पोल्याण्डमा खस्दा २ जनाको मृत्यु
युक्रेन लक्षित मिसाइल पोल्याण्डमा खस्दा २ जनाको मृत्यु नेटोले आफ्नो सदस्य देशमा भएको मिसाइल आक्रमणको घटनालाई गम्भीरतापूर्वक लिएको बताएको छ । नेटोले घटनाको आवश्यक छानविन गर्ने र जवाफ दिने स्पष्ट पारेको छ । रुसले जी-२० सम्मेलनकै क्रममा युक्रेनको राजधानी किएभ सहित विभिन्न सहरमा क्षेप्यास्त्र आक्रमण गरेको छ । 
६ वर्षपछि चीन र अस्ट्रेलियाका राष्ट्रप्रमुख बीच भेटवार्ता हुँदै
६ वर्षपछि चीन र अस्ट्रेलियाका राष्ट्रप्रमुख बीच भेटवार्ता हुँदै सन् २०१८ मा अस्ट्रेलिया सरकारले चिनियाँ कम्पनी हुवावेलाई अस्ट्रेलियामा फाइभ जी नेटवर्क विस्तार गर्न नदिने र वैदेशिक हस्तक्षेप सम्बन्धी कानुन पारित गरेसँगै २ देशबीच तिक्तता सुरु भएको थियो । त्यसपछि कोरोना भाइरसको उत्पत्तिका विषयमा अनुसन्धानको सवालमा अस्ट्रेलियाले लिएको कडा अडानपछि सम्बन्ध झनै बिग्रेको थियो ।
अमेरिकामा गोली चल्दा ३ जना फुटबल खेलाडीको ज्यान गयो, २ जना घाइते
अमेरिकामा गोली चल्दा ३ जना फुटबल खेलाडीको ज्यान गयो, २ जना घाइते युनिभर्सिटी अफ भर्जिनिया फुटबल टोलीका सदस्यलाई गोली हानी हत्या गरिएको हो । आइतवार बेलुका फिल्ड ट्रिपबाट फर्किएका विद्यार्थीले भरिएको बसमा गोली चलेको थियो । भर्जिनिया विश्वविद्यालय देशको सबैभन्दा प्रतिष्ठित मध्ये एक मानिन्छ । साथै अमेरिकाका सार्वजनिक विश्वविद्यालयमध्ये तेस्रो स्थानमा छ ।
८ अर्ब पुग्यो विश्वको जनसङ्ख्या
८ अर्ब पुग्यो विश्वको जनसङ्ख्या संयुक्त राष्ट्र सङ्घको आंकलन अनुसार विश्वको जनसङ्ख्या ९ अर्ब पुग्नका लागि अबको १५ वर्ष लाग्न सक्नेछ। सन् २०८० अघि जनसङ्ख्या १० अर्ब पुग्ने सम्भावना नरहेको राष्ट्र सङ्घले जनाएको छ ।
अब एउटै ह्वाट्सएप अकाउन्ट ५ वटा फोनमा प्रयोग गर्न सकिने
अब एउटै ह्वाट्सएप अकाउन्ट ५ वटा फोनमा प्रयोग गर्न सकिने यसलाई ह्वाट्सएपको कम्प्यानियन मोड भनिन्छ । यो फिचरमा ह्वाट्सएपमा लामो समयदेखि काम गरिरहेको थियो । कम्प्यानियन मोड पहिले देखिनै पिसीहरुका लागि उपलब्ध रहेको थियो ।अब भने फोनका लागि पनि यो मोड उपलब्ध हुने भएको छ । यो मोडलाई लिंक विथ योर फोन फिचर पनि भनिन्छ ।
भारतीय अर्बपति मुकेश अम्बानी लिभरपुल किन्ने होडमा
भारतीय अर्बपति मुकेश अम्बानी लिभरपुल किन्ने होडमा अम्बानीको कम्पनी रिलायन्स इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सको मालिक हो । यसले भारतीय फुटबल महासंघ (एआईएफएफ)सँग मिलेर इन्डियन सुपर लिग पनि सञ्चालन गरिरहेको छ ।
टी-२० विश्वकपमा पाकिस्तान हारेपछि भारतमा विद्यार्थीहरूबीच कुटाकुट
टी-२० विश्वकपमा पाकिस्तान हारेपछि भारतमा विद्यार्थीहरूबीच कुटाकुट मोगाको निजी इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट कलेजका विद्यार्थीहरु सँगै बसेर खेल हेरिरहेका थिए । खेलमा पाकिस्तानको हारपछि बिहार र कश्मीरका विद्यार्थीहरूबीच बहस भएको थियो । केहीबेरमा झगडा कुटाकुटमा पुगेपछि दुवै समूहले एकअर्कालाई ढुंगा र इँटा प्रहार गरेको प्रहरीले जनाएको छ ।
Weather Update