सुनको भाउले राख्यो पुनः नयाँ रेकर्ड
शुक्रबार, कात्तिक ३, २०८०
सहुलियत पसलमै चिनीको अभाव
मंगलबार, असोज ३०, २०८०
साल्ट ट्रेडिङ कर्पोरेसन कम्पनी लिमिटेड पोखराका प्रमुख वासुदेव उपाध्यायले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सहुलियत दरको चिनी बिक्री गर्ने निर्णय ढिला गर्दा दशैंमा चिनी आयात हुन नसकेको र दशैं पछि लगत्तै सहुलियत दरको चिनी बिक्री केन्द्रमा आइपुग्ने बताए।
आजदेखि थापाथलीस्थित खाद्य कम्पनीले उपत्यकामा खसी बोका र च्याङ्ग्रा विक्री गर्दै
मंगलबार, असोज ३०, २०८०
कम्पनीका अनुसार जिउँदो खसी बोकाको मुल्य प्रति किलो ६८० रुपैयाँ तोकिएको छ भने च्याङ्ग्रा प्रति किलो १ हजार २६० रुपैयाँ तोकिएको छ । यो मूल्यमा प्रतिकिलो १० रुपैयाँ छुट समेत हुनेछ । कम्पनीको थापाथली कार्यालय परिसरबाटै खसी बोका र च्याङ्ग्रा विक्री गरिने छ ।
घट्यो पेट्रोल र डिजेलको मूल्य
सोमबार, असोज २९, २०८०
निगमका अनुसार चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ६९ तथा डिजेलको मूल्य प्रतिलिटर रु एक सय ६५ कायम भएको छ ।
जुम्लाबाट १७ दिन हिँडेर भेडाच्याङ्ग्रा बेच्न बेनीमा
मंगलबार, असोज २३, २०८०
“हामीले गाउँमा पालेका बाहेक बझाङ र बाजुराबाट खरिद गरेर ल्याएका भेडाच्याङ्ग्राको बजार खोज्दै बेनी आइपुगेका हौँ”, उनले भने हालसम्म करिब १५ मात्र भेडाच्याङ्ग्रा बिक्री भएको छ । “सबैले महँगो भयो भन्छन्, पोखरासम्म पुर्याउँदा बिक्री हुन्छन् कि भन्ने आशा छ ।”
काठमाडौं उपत्यकाका माछा पसल बिगत ५ दिनदेखि बन्द
आइतबार, असोज २१, २०८०
सरकारले ताजा माछा आयातका लागि प्रयोग हुने ‘एचएस कोड’ (भन्सार प्रक्रियामा वस्तुको पहिचानको लागि निर्धारित संकेत अंक) भन्सार विभागले स्थगन गरेपछि आफूहरूलाई समस्या भएको कालीमाटीमा माछा पसल संचालन गर्ने विपिन साहले बताए।
साताको लोकप्रीय