चाँदीको तयारी गहनासहित एकजना नियन्त्रणमा
मंगलबार, चैत २०, २०८०
नागरिकता बिक्री प्रकरणः दुई अधिकृत पुर्पक्षमा
शनिबार, चैत १७, २०८०
न्यायाधीश शिवकुमार पोखरेलको इजलासले नागरिकता बिक्री अभियोगमा पक्राउ परेका अधिकृतद्वय झपेन्द्रराज खरेल र रामचन्द्र अर्यालसहित नागरिकता खरिद गर्ने काठमाडौँ महानगरपालिका–४ का ४० वर्षीय राजु गुरुङलाई थुनामा पठाउने आदेश दिएको जिल्ला अदालतका स्रेस्तेदार कर्णबहादुर राईले जानकारी दिनुभयो ।
कपडा धुन गएकी युवतीको हत्या प्रकरणका अभियुक्त सार्वजनिक
शुक्रबार, चैत १६, २०८०
प्रहरीको प्रारम्भिक अनुसन्धानमा धारामा मृतक सुनारले लुगा धोएर डोकोमा हाल्न बेला सामान्य विवाद भएको र लुगा बोकेर घरतर्फ फर्किँदै गर्दा पछाडिबाट अभियुक्त सार्कीले हँसिया प्रहार गरेको खुल्न आएको छ ।
ढोलाहिटीमा चक्कु प्रहार गरी हत्या गरेको घटनामा संलग्न चारजना पक्राउ
मंगलबार, चैत १३, २०८०
ललितपुर ढोलाहिटीस्थित डि पोपिना रेष्टुरेन्टमा युवाहरूको समूह बिच विवाद हुँदा रेष्टुरेन्टका संचालक बिजय राई समेतले रेष्टुरेन्ट भान्सामा रहेको चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका पुजनको सुमेरू अस्पतालमा र रेवशको पाटन अस्पतालमा उपचारको क्रममा आइतबार राति मृत्यु भएको थियो ।
मिनभवन कलेजका प्राध्यापक विष्टको हत्यामा संलग्न भएको आरोपमा १६ वर्षपछि एक महिला पक्राउ
मंगलबार, चैत ६, २०८०
मीनभवनस्थित नेपाल कमर्स क्याम्पसको प्राध्यापक रहेका धर्मराज विष्टलाई सोभिता थापाको योजनामा उनका भाइ विनोद थापासहित तीन जनाको समुहले कुटपिट गरी सख्त घाइते बनाएका थिए । घाइते विस्टको उपचारका क्रममा मृत्यु भएको थियो ।
प्रेम प्रस्ताव अस्वीकार गर्दा सुष्मा लामाको हत्या
आइतबार, चैत ४, २०८०
उपेन्द्रले सुष्मालाई आठ महिनादेखि एकतर्फी मन पराउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। उनीहरू विगत १/२ वर्षदेखि घाँस काट्न,बाख्रा चराउन सँगै जंगल जाने गरेको भएपनि सो अवधिमा उनीहरूबीच फोन सम्पर्क वा सामाजिक सञ्जालमा कुराकानी भएको नदेखिएको प्रहरीले जनाएको छ।
साताको लोकप्रीय