अवैधरुपमा ल्याइएको १९ हजार आठ सय अमेरिकी डलरसहित ग्वार्कोबाट श्रेष्ठ पक्राउ
बिहीबार, असार २१, २०८०
१६ वर्षीया नाबालिग बलात्कार घटनामा एलओडी क्लबका २ सञ्चालक विरूद्ध पक्राउ पुर्जी
बिहीबार, असार २१, २०८०
सञ्चालकहरू रुदिल बल्लव श्रेष्ठ र राजुसिंह सुवाल विरूद्ध पुर्जी जारी भएको हो। कम्पनी रजिस्ट्रार कार्यालयमा कम्पनी उनीहरूको नाममा छ। नाबालिग एसइई परीक्षा दिएर बसेकी थिइन्। फेसबुकबाट चिनेका साथीले उनलाई एलओडीमा घुम्न जाने भनेर लगेका थिए।
निर्माण व्यवसायी शरद गौचनको हत्यामा समिरमान र अमर बहादुरलाई जन्मकैद
बुधबार, असार २०, २०८०
उनीहरूले २०७४ असोज २३ गते काठमाडौंको शान्तिनगरमा गौचनको हत्या गरेका थिए। कर्तव्य ज्यान कसुरमा अदालतले असार १२ गते नै बस्नेत लगायतलाई दोषी ठहर गरेको थियो। हतिया सम्बन्धी कसुरमा भने उनलाई ६० हजार रुपैयाँ जरिवाना सुनाएको छ।
९ कक्षामा अध्ययनरत छात्रा शिक्षकबाटै यौन दुर्व्यवहारको शिकार
बुधबार, असार २०, २०८०
शंखमूलस्थित लिटल फ्लावर्स पब्लिक स्कुलका शिक्षक २३ वर्षीय अशोक परियारले आफ्नै विद्यार्थीलाई लामो समयदेखि यौन दुर्व्यवहार गर्दै आएका हुन् । बागलुङ स्थायी घर भई कुपन्डोल बस्ने परियारलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ ।
कञ्चनपुरमा दोहरो नागरिकता लिएको अभियोगमा २ जना पक्राउ
बुधबार, असार २०, २०८०
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीका अनुसार दुवै जना विरुद्ध दोहोरो नागरिकता सम्बन्धी जाहेरी दर्ता भएपछि उनीहरुलाई पक्राउ गरिएको हो।
ललिता निवास प्रकरण : थप ९ जनालाई ७ दिन थुनामा राख्न अनुमति
मंगलबार, असार १९, २०८०
संगठित अपराधमा अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले ९ आरोपितलाई ७ दिन थुनामा राख्ने अनुमति दिएको हो।
अमेरिकाको फिलाडेल्फियामा अर्को गोलीकाण्ड, ४ को मृत्यु, ४ घाइते
मंगलबार, असार १९, २०८०
फिलाडेल्फिया इन्क्वायररले प्रहरीलाई उद्धृत गर्दै जनाएअनुसार १ जना संदिग्ध आक्रमाणकारीलाई हिरासतामा लिइएको छ। दक्षिणपश्चिम फिलाडेल्फियाको किङसेसिङ खण्डमा राइफल बोकेको उसले किशोर माथि गोली हानेको थियो।
ललिता निवास प्रकरण : थप २ जना पक्राउ
सोमबार, असार १८, २०८०
हिजो पक्राउ पर्नेमा शिवजी भट्टराई, धमान कुमार कार्की र बाबुराज महर्जन छन्। सिआइबीक अनुसार महर्जन नक्कली मोही हुन् भने भट्टराई काठमाडौं महानगरपालिका-४ का तत्कालीन वडासचिव र कार्की नापी कार्यालय डिल्लीबजारका नापी सर्वेक्षक हुन् । भट्टराई हाल काठमाडौं महानगरपालिकामातहत सहकारी विभागमा कार्यरत छन् ।
ललिता निवास प्रकरण : बालुवाटारको १४३ रोपनी हिनामिना गर्दा कर्मचारीलाई साढे २२ रोपनी घुस
आइतबार, असार १७, २०८०
सरकारी जग्गा सुवर्ण शमशेरको परिवारको नाममा लैजान सहयोग गर्ने १० कर्मचारी र २ बिचौलियाले बकसका रूपमा प्रतिव्यक्ति ५ रोपनीसम्म घुस लिएका थिए।
पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरि नारायण रौनियार बानेश्वरबाट पक्राउ
शुक्रबार, असार १५, २०८०
उनी २०७४ मा पर्सा क्षेत्र नम्बर ३ बाट तत्कालीन संघीय समाजवादी फोरमको सांसद समेत भएका थिए। अख्तियारले विशेष अदालतमा उनीविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेसँगै उनको पद निलम्बनमा परेको थियो।
साताको लोकप्रीय