सतुंगलस्थित एनआइसी एसिया बैंकको एटिएम फोड्दै गरेको अवस्थामा पक्राउ
सोमबार, पुस १८, २०७९

चर्चित ज्योतिष रुद्रनाथ अधिकारी पक्राउ
सोमबार, पुस १८, २०७९
उनी अहिले प्रहरी हिरासतमा छन् । फसाउने नियतले अखेटोपहरा होटेलमा ल्याएर राखेको बयान पक्राउ संग्रौलाले दिएपछि अधिकारी विरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।

टेलीग्राम च्याट ग्रुपमा अश्लिल भिडियो पोष्ट गरी आर्थिक लाभ लिने व्यक्ति पक्राउ
शुक्रबार, पुस १५, २०७९
टेलीग्राम च्याट ग्रुपमा अश्लील भिडियो पोष्ट गरी आर्थिक लाभ लिने कार्यमा संलग्न काठमाडौं बुढानिलकण्ठ नगरपालिका-९ उमंटोल बस्ने धादिङ थाक्रे गाउँपालिका-७ घर भएका १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।

डिएसपी ठगबहादुर केसी निलम्बित
बिहीबार, पुस १४, २०७९
गत मंसिरमा बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर आफैंले राखेको सूचना पाएपछि प्रहरी प्रधान कार्यालयले उनीमाथि छानबिन सुरू गरेको थियो। व्यापारीले २५ लाख रुपैयाँ बुझाए पनि सुन फिर्ता लिन नपाउँदै केसीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गर्ने व्यक्ति भक्तपुरबाट पक्राउ
बिहीबार, पुस १४, २०७९
उनलाई नेपाल प्रहरी प्रधान कार्यालय साइबर व्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले भक्तपुरबाट पक्राउ गरेको हो ।

मजदुरको मलद्वारमा आगो लगाएर विभत्स हत्या
मंगलबार, पुस १२, २०७९
अन्सारीको हत्यामा संलग्न रहेको आरोपमा पर्सादेवाडकै ३५ वर्षीय मोहम्मद अब्दुल सलामलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले बताए । सलामले अन्सारीलाई यातना दिइरहेको भिडिओ पनि बनाएको प्रहरीले जनाएको छ ।
डिएसपी ठगबहादुर ३५ तोला सुन र २५ लाख सहित पक्राउ
सोमबार, पुस ११, २०७९
गत मंसिरमा बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर आफैँले राखेको सूचना पाएपछि प्रहरी प्रधान कार्यालयले उनीहरूमाथि छानबिन सुरु गरेको थियो।

मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा दुई जना चिनियाँ नागरिक पक्राउ
शुक्रबार, पुस ८, २०७९
उनीहरूले ३ जना नेपाली नागरिकलाई फ्रि भिसा र फ्रि टिकटमा लाओसमा अनलाइन सेल्स मार्केटिङको काममा लगाइदिने र महिनामा १ हजारदेखि १५ सय डलरसम्मको कमाइ हुन्छ भन्दै प्रलोभनमा पारी गत भदौ १७ गते काठमाडौंबाट भारत, थाइल्याण्ड हुँदै लाओस पुर्याएका थिए ।

चार्ल्स शोभराज कैदमुक्त, फेरि नेपाल आउन नपाउने गरी फ्रान्स पठाउने तयारी
शुक्रबार, पुस ८, २०७९
उनलाई केन्द्रीय कारागारबाट हिजो बिहीबार नै अध्यागमन विभागको जिम्मा लगाउने तयारी थियो ।

चार्ल्स शोभराजलाई सर्वाेच्च अदालतले यसकारणले रिहा गर्दै, १५ दिनभित्र फ्रान्स फिर्ता पठाउने तयारी
बिहीबार, पुस ७, २०७९
उनी सज्जन जस्तो व्यवहार गर्थे । उनीमाथि पहिलो पटक अमेरिकी युवतीको हत्या गरेको आरोप लागेको थियो । सन् १९७५ को यो घटनामा भारतको पट्टायास्थित समुद्र तटमा महिलाको शव भेटिएको थियो र उनले बिकिनी लगाएकी थिइन् ।

करेन्ट लगाएर श्रीमतीको हत्या गरी, दुर्घटना देखाउन गाडीले किचियो
बिहीबार, पुस ७, २०७९
‘बायाँ हत्केलामा करेन्ट लागेर पोलेको दाग देखियो। रिंकुको घरको कोठाभित्र पसेर हेर्दा पनि तारहरू देख्यौं जसलाई नयाँ टेपले टालेको पनि देखियो। पुरानो तारको टेप निकालेर छेवैमा राखेको पनि भेटियो। प्लास्टिकको पन्जा पनि देख्यौं,’ उनले भने, ‘शव त शंकास्पद थियो नै। कोठाभित्र पनि यस्तो देखेपछि श्रीमानसँग सोधपुछ गर्न थाल्यौं।’

बिहेमा नाच्न नदिँदा, १ जनाको ज्यान गयो
बुधबार, पुस ६, २०७९
प्रहरीका अनुसार साबिर राउत गद्दीको विवाहमा सैमुल्लाह राउत गद्दी पनि गएको र विवाहमा नाचगान गर्ने व्यक्तिलाई सैमुल्लाहले नाच्न नदिएको विवादमा झगडा भएको थियो । झगडा हुँदा जाजुल राउत गद्दी समेतको टिमले सैमल्लाहलाई कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
साताको लोकप्रीय