यूईएफए च्याम्पियन्स लिगको उपाधि रियल मड्रिडलाई
काठमाडौं, जेठ १५। यूईएफए च्याम्पियन्स लिग फुटबलको फाइनल खेलमा लिभरपुललाई १-० गोलले हराउदै रियल मड्रिडले उपाधि जितेको छ ।
खेलको दोस्रो हाफको ५४ औं मिनेटमा फेडरिक भाल्भर्डेको पासलाई भिनिसियल जुनियरले गोल गर्दा रियल मड्रिडले १४ औं पटक यूईएफए च्याम्पियन्स लिगको उपाधि जितेको हो । जितसँगै रियल मड्रिड पुन: युरोपियन क्लब फुटबलमा सर्वाधिक सफल क्लब समेत बनेको छ ।
प्रकाशित मिति: आइतबार, जेठ १५, २०७९ १३:१७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय