आगामी आर्थिक बर्षको बजेट : घरजग्गा मुल्यांकन प्रणालीलाई व्यवस्थित गरिने
काठमाडौं, जेठ १५। सरकारले घरजग्गा कारोबार प्रणालीलाई व्यवस्थित गर्ने भएको छ । सरकारका तर्फबाट अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले आगामी बर्षको बजेट प्रस्तुत गर्दै घरजग्गा मूल्यांकन प्रणालीलाई एक रुपता ल्याउन केही नीतिगत व्यवस्था घोषणा गर्नुभएको हो ।
घरजग्गा कारोबारलाई व्यवस्थित गर्न लाइसेन्स लिएका कम्पनी र ब्यक्तिमार्फत मात्र कारोबार गरिने घोषणा पनि अर्थमन्त्री शर्माले गर्नुभएको छ । अर्थमन्त्री शर्माका अनुसार यो घोषणा महानगर र नगरबाट कार्यान्वयन हुनेछ । सहकारी क्षेत्रको कुल लगानीको ५० प्रतिशत उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने भएको छ । २०४९ अघि सञ्चालनमा रहेका सहकारी संस्थाबाट ऋण लिएकाहरुको ऋण मिनाहा गर्ने घोषणा पनि सरकारले गरेको छ ।
प्रकाशित मिति: आइतबार, जेठ १५, २०७९ १७:१८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय