Kath khabar
उद्योग मन्त्रालयको लागि १० अर्ब बजेट ४८ करोडको बजेट बिदेशीले अपार्टमेन्ट खरिद गर्ने सुविधा



       काठमाडौं, जेठ १५। सरकारले आगामी आर्थिक बर्षको लागि उद्योग वाणिज्य तथा आपूर्ति  मन्त्रालयका लागि १० अर्ब ४८ करोड रुपैयाँ बजेट छ्याएको छ । आगामी आर्थिक बर्षको बजेट मार्फत निजी क्षेत्रले निर्माण गरेको अपार्टमेन्टको युनिट विदेशी नागरिकहरुले समेत खरिद गर्न सक्ने ब्यवस्था गरेको छ ।

एक सयभन्दा बढी युनिट भएका अपार्टमेन्टको बढीमा २० प्रतिशत युनिट विदेशी नागरिकलाई विदेशी मुद्रामा बिक्री गर्न दिने नीति सरकारले लिने भएको छ । यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउनको लागि सरकारले बिद्यमान कानुनलाई नै संसोधन गर्ने घोषणा गरेको छ । स्मरणरहोत अहिलेसम्म नेपालमा विदेशी नागरिकलाई अपार्टमेन्ट खरिद गर्ने सुबिधा रहेको छैन ।

 

 

प्रकाशित मिति: आइतबार, जेठ १५, २०७९  १७:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update