काठमाडौं, जेठ १५। सरकारले आगामी आर्थिक बर्षको लागि स्वास्थ्य क्षेत्रमा ६९ अर्ब ३८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । सरकारले शिक्षा क्षेत्रका लागि ७० अर्ब पाँच करोड रुपैंयाँ बजेट विनियोजन गरेको छ ।
स्वास्थ्य क्षेत्रमा सबैको पहुंच स्थापित गर्नको लागि सरकारले सरकारले ९८ प्रकारका औषधि निःशुल्क उपलब्ध गराउने घोषणा गरेको छ । विपन्न परिवारका सुत्केरीलाई पाँच हजार रुपैयाँ उपलब्ध गराइने भएको छ । यो पोषण कार्यक्रम अन्तर्गत उपलब्ध गराइने छ । शिक्षक अस्पताल निर्माण अगाडि बढाइने भएको छ । पाठेघरको मुखको क्यान्सरको खोप उपलब्ध गराइने भएको छ । मृगौला रोगीको निःशुल्क मृगौला प्रत्यारोपण गर्ने घोषणा पनि सरकारले बजेट मार्फत गरेको छ । स्वास्थ बीमाका लागि सरकारले साढे सात अर्ब रुपैयाँ छुट्याएको छ । एम्बुलेन्स सेवालाई एकिकृत प्रणालीमार्फत सञ्चालन गर्ने तयारी पनि सरकारले गरेको छ ।
अबदेखि ६८ बर्ष पुगेकाले बृद्धभत्ता पाउने
अब देखि ६८ बर्ष पुगेकाले मासिक चार हजार रुपैयाँले दरले बृद्धभत्ता पाउने भएका छन् । यसअघि ७० बर्ष पुगेकाले मात्र बृद्धभत्ता पाउने व्यवस्था रहेको थियो । सरकारले आगामी आर्थिक बर्षको बजेट मार्पmत बृद्धभत्ताको लागि उमेर हद ७० बर्षबाट घटाएर ६८ बर्षमा झारेको हो ।