Kath khabar
मुक्तिनाथ विकास बैंकद्धारा मिस्ड कल बैंकिङ्ग सेवा सुरु

काठमाडौं, जेठ ६। मुक्तिनाथ विकास बैंकले ग्राहकहरुको सुविधाको लागि मिस्ड कल बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकका अनुसार ग्राहकहरुले मिस्ड कल बैंकिङ्ग सेवाबाट बैंकको निक्षेप तथा कर्जा सम्बन्धी सेवाहरुको बारे सजिलै जानकारी लिन सक्नेछन् ।

बैंकका अनुसार यो सेवा अन्र्तगत निक्षेपसंग सम्बन्धित सेवाको जानकारीका लागि ९८०१११००२२ र कर्जासंग सम्बन्धित सेवाको जानकारीका लागि ९८०१११००२३ बैंकको कार्यालय समय भित्र मिस्ड कल गर्नुपर्ने छ । मिस्ड कलको केहि समयमै बैंकबाट ग्राहकहरुको जिज्ञासाको लागि सोही नम्बरमा सम्पर्क गर्ने बैंकले जनाएको छ ।

यसै गरी डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न भिसा नेटवर्क अन्तर्गतको जुन सुकै बैंकको एटिएमबाट बिनाकुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ । त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको जानकारी पनि बैंकले दिएको छ । 
 

प्रकाशित मिति: बिहीबार, जेठ ६, २०७८  १८:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update