ओक्लाहमा, जेठ १९। अमेरिकामा फेरि अर्को गोलीकाण्ड भएको छ । यहाँको ओक्लाहमाको एक अस्पताल क्याम्पसमा भएको हमलामा एक व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गरेका थिए । तीन जनाको मृत्यु भएको छ ।
सो गोली प्रहारमा परी तीन व्यक्तिको ज्यान गएको यहाँका अधिकारीले जनाएका छन् । सो अस्पतालको नातालि मेडिकल भवनमा एकजना व्यक्तिले गोली चलाएको थियो । सेन्ट फ्रान्सिस् अस्पताल क्याम्पसमा बुधबार गोली चलेको तुल्सा प्रहरी विभागले जनाएको छ ।
संदिग्धसँग "त्यस बेला घटनास्थलमा एउटा लामो बन्दुक र एउटा हाते बन्दुक थियो"। सो विभागका अनुसार गोली चलाउने व्यक्तिको पनि ज्यान गएको छ । अहिलेसम्म पहिचान नखुलेको बन्दुकधारीले आत्मघाती गोली प्रहार गरेको हुन सक्ने अधिकारीले बताए ।
केही दिन अघिमात्र पनि अमेरिकाको टेक्सास राज्यको एक प्राथमिक विद्यालयमा भएको गोलीकाण्डमा परेर २१ ज्नाको ज्यान गएको थियो ।