Kath Khabar
नेप्सेमा थापिएन पहिरो, सबैजसो सूचक रातै


          काठमाडौं, जेठ १९। नेप्सेको निरन्तरको गिरावटले आज बिहीबार पनि निरन्तरता पाएको छ । आज नेप्से १८ दशमलव २६ अंकले घटेर २१ सय १२ दशमलव ४७ सीमित हुन पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ८१ अंकले घटेर चार सय १० दशमलव ६६ अंकमा सीमित हुन पुगेको छ ।

आज नेप्सेमा दुई सय २७ वटा कम्पनीहरूको २१ हजार आठ सय ३३ पटकको कारोबारमा ३५ लाख ६६ हजार आठ सय १९ कित्ता  किनबेच हुँदा कुल कारोबार रकम एक अर्ब १६ करोड १५ लाख १४ हजार एक सय ६९ रुपैंयाँ पुग्न सफल भएको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोबार भएकोमा सामूहिक लगानी कोष समुहको सूचक झिनो अंकले बढेपनि वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, निर्जीवन बीमा, जीवन बीमा, लघुवित्त र लगानी सहितका १२ वटै समुहहरूको सूचक घटेर नेप्से रातै भएका छन् ।

कारोबार भएका कुल कम्पनीहरू मध्ये आज बलेफी हाइड्रो पावर कम्पनी, किसान लघुवित्त वित्तीय संस्था, बलेफी हाइड्रो पावर कम्पनी, उपकार लघुवित्त वित्तीय संस्था आदिको  मूल्य बढेका छन भने प्रभु लाइफ इन्स्युरेन्स कम्पनी, शिखर इन्स्युरेन्स कम्पनी, माउन्टेन इनर्जी नेपाल लिमिटेड आदिको  मूल्य घटेका छन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने माउन्टेन हाइड्रो लिमिटेड, एनआईसी एशिया बैंक, शिखर इन्स्युरेन्स कम्पनी, अपर तामाकोसी हाइड्रो पावर कम्पनी आदि परेका छन् ।

कारोबार भएका कुल कम्पनीहरू मध्ये आज बलेफी हाइड्रो पावर कम्पनी, किसान लघुवित्त वित्तीय संस्था, बलेफी हाइड्रो पावर कम्पनी, उपकार लघुवित्त वित्तीय संस्था आदिको  मूल्य बढेका छन भने नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक, प्रभु लाइफ इन्स्युरेन्स कम्पनी, शिखर इन्स्युरेन्स कम्पनी, माउन्टेन इनर्जी नेपाल लिमिटेड आदिको  मूल्य घटेका छन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने माउन्टेन हाइड्रो लिमिटेड, एनआईसी एशिया बैंक, शिखर इन्स्युरेन्स कम्पनी, अपर तामाकोसी हाइड्रो पावर कम्पनी आदि परेका छन् ।


 

प्रकाशित मिति: बिहीबार, जेठ १९, २०७९  १५:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update