Kath Khabar
अन्तिम कारोबार दिन पनि घटेर रोकियो नेप्से


           काठमाडौं, जेठ २०। यसअघि लगातार घटेको नेप्से साताको अन्तिम कारोबार दिन आज शुक्रबार पनि घटेर नै रोकिएको छ ।

आज नेप्से ३३ दशमलव ७६ अंकले घटेर दुई हजार ७८ दशमलव ७० सीमित हुन पुगेको छ भने सेन्सिटिभ पनि सात दशमलव १८ अंकले घटेर चार सय तीन दशमलव ४८ अंकमा सीमित हुन पुगेको छ । दुई सय २६ वटा कम्पनीहरूको २६ हजार छ सय ९३ पटकको कारोबारमा ३८ लाख ४८ हजार पाँच सय आठ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम एक अर्ब ३० करोड ७३ लाख ५९ हजार पाँच सय ४१ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोबार भएको मध्ये वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, फाइनान्स, लघुवित्त, निर्जीवन बीमा, जीवन बीमा, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी सहितका १३ वटै समुहहरूको सूचक घटेर नेप्से पुरै रातो भएको छ ।

कारोबार भएका कुल कम्पनीहरू मध्ये आज उपकार लघुवित्त वित्तीय संस्था, बलेफी हाईड्रो पावर कम्पनी, गणपति लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य बढेका छन् भने नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक, किसान लघुवित्त वित्तीय संस्था, सामलिङ पावर लिमिटेड, माउन्टेन इनर्जी नेपाल लिमिटेड आदिको शेयर मूल्य घटेका छन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने एनआईसी एशिया बैंक, नागरिक लगानी कोष, नेपाल इन्भेष्टमेन्ट बैंक आदि परेका छन् ।


 

प्रकाशित मिति: शुक्रबार, जेठ २०, २०७९  १६:११
प्रतिक्रिया दिनुहोस्
Weather Update