नयाँ दिल्ली । कोरोना भाइरसको दोस्रो लहरको चपेटामा परेको बिश्वमा मानिसका अनैकौँ अनौठा क्रियाकलाप सार्वजनिक भइरहेका छन् । वैज्ञानिकहरु आफ्नो खोज अनुस्धानमा मग्न हुदा धार्मिकहरु पनि कोरोना भाइरसलाई भगाउन आफ्नो समय र सीप खर्चिरहेका छन् ।
कोरोना भाइरसबाट बच्न भारतमा गाईको गहुँत खाने तथा शरीरमा गोबर घसेका समाचार भाइरल हुँदै गर्दा तेत्तिस कोटी देवी देवता भएको देशमा कोरना देवी पनि थपिएकी छिन् । भारतको तामीलनाडु राज्यको कोयम्बटुर जिल्लाको इरुगुर स्थीत कमाचीपुरी आदिनाम मन्दिर प्राङ्घडमा कोरोना देवीको मुर्ती बनाइ मन्दिर स्थापना गर्ने निर्णय गरीएको छ ।
दोस्रो लहरको कोरना भाइरसको भारतिय भेरीयन्टको संक्रमणले भारतको जनजिबनमा तहल्का मच्चाइरहेको छ । दिनहुँ लाखौ मानिस संक्रमित हुदै हजारौ भारतियले मृत्युवरण गरीरहेका छन । भारतमा भाइरसको संक्रमण रोक्न लकडाउन, कर्फ्यु जस्ता प्रशासनिक कामसँगै कोरोना विरुद्धको खोपको समेत उत्पादन गरीएपनि करोडौको जनसंख्याका कारण सरकार असफल भइरहेको छ ।
मृत्युको भएबाट अत्तालिएका भारतीय जनता बाँच्ने आशामा धामी, झाँक्री, पुजापाठ, बली भाकल जस्ता अनेकौँ उपाएको सहरा लिदैं छन् । भारतीय ग्रामीण इलाका अन्धविस्वास र अशिक्षाले गाँजेको हुदा विभिन्न खाले अवैज्ञानिक क्रियाकलापले भाइरस संक्रमणको नियन्त्रण गर्न समेत प्रशासनलाई समस्या परेको छ । तर हालै तमीलनाडुमा स्थापना गर्न लागिएको कोरोना देवी मन्दिरका ब्यवस्थापकले मन्दिर स्थापना र पुजापाठले महामारी नियन्त्रण हुने विस्वास ब्यक्त गरेका छन् ।
आदिनाम मन्दिरका ब्यवस्थापक सिपालीनेगेस्वरले यसरी नयाँ देवीको मन्दिर स्थापना भारतीय सँस्कृति भएको दावी गरेका छन् । यसअघि पनि प्लेगको महामारीको बेला प्लेग मरीयाम्मन लगाएतका देवीको मन्दिर स्थापीत गरी महामारीबाट भारतीयहरु बचेको दाबी गरेका छन् ।
यसपालि पनि कोरोनादेवीको मन्दिर स्थापना गरी पुजापाठ गरेपछि भारत कोरना संक्रमणमुक्त हुने उनले विश्वास व्यक्त गरेका छन् । सिंहमर्मरको मुर्ति बनाई ४८ दिन महायज्ञ गरेपछि कोरोना देविको मन्दिर स्थापित हुने तथा प्रशासनले जारी गरको भौतिक दुरीको पालना गर्न आम सर्वसाधारणलाई उक्त महोत्सबमा सहभागी भने नगराउने मन्दिर ब्यवस्थापकले बताएका छन् ।