पोर्चुगल, जेठ ७ । साविक विजेता पोर्चुगलले युरोपकका लागि टिम घोषणा गरेको छ । प्रशिक्षक फर्नान्डो सान्तोषले क्रिस्टियानो रोनाल्डोको कप्तानीमा २३ सदस्यीय टोलीको नाम सार्वजनिक गर्नुभएको छ ।
युभेन्टसका लागि एक सय बढी गोल गरेका स्ट्राइकर रोनाल्डोलाइ म्यानचेस्टर सिटीका बर्नान्डो सिल्भा र म्यानचेस्टर युनाइटेडका बुर्नो फर्नान्डेसले साथ दिनुहुनेछ । एट्लेटिको मड्रिडका जोआओ फेलिक्स र लिभरपुलका डिएगो जोटाले पनि अग्रपंक्तिको जिम्मेवारी सम्हाल्नुहुनेछ ।
रोनाल्डोले यो सिजन सिरी या उपाधी जित्न नसकेपनि दुई दिन अघि कोपा इटालिया जितेको थियो । उच्च फर्ममा रहेका बर्नान्डोको टोलीले इङलिस सप्रिमियर लिग उपाधी जितेको छ भने च्याम्पियन्स लिगको फाइनलमा चेल्सिसंग प्रतिस्पर्धा गर्दैछ । फेलिक्सले यो साता स्पेनिस लिग ला लिगाको उपाधी जित्ने संभावना उच्च छ ।
उनीहरुलाई बुन्डेसलिगामा फ्राङकफर्टका सर्वाधिक गोलकर्ता आन्द्रे सिल्भाको पनि साथ रहनेछ । डिफेन्समा पनि सान्तोषको टोली बलियो देखिएको छ । सिटीको सफलतामा महत्वपुर्ण भुमिका खेलेका रुवेन डियास र सिटीकै जोआवो कान्सेलो समावेश छन् । पोर्चुगल विश्वकप विजेता फ्रान्स, जर्मनी र हंगेरी रहेको समुह इ मा छ । उसले युरोकप अघि चार जुनमा स्पेन र नौ जुनमा इजरायलसंग वार्म अप म्याच खेल्नेछ । युरोकप एघार जुन देखी युरोपका एघार शहरमा संचालन हुदैछ ।