Kath khabar
प्लस टु दिएर बसेका विद्यार्थीहरुलाई अन्नपूर्ण केबुलकारमा ५० प्रतिशत छुट

       काठमाडौं , जेठ २३ । आगामी दिनमा उच्च शिक्षा अध्ययन गर्नका लागि प्रोत्साहन गर्ने र मेहेनती हातहरुलाई अझ मेहेनती बन्नका लागि उर्जा प्रदान गर्दै केही समय भएपनि रमाइलो बनाउने उद्देश्यका साथ भर्खरै +२ दिई बसेका छात्रछात्राहरुलाई अन्नपूर्ण केबुलकारले केबुलकार टिकटमा ५० प्रतिशत छुट प्रदान गर्ने भएको छ । यस छुट लिनको लागि विद्यार्थीले यस वर्ष प्लस टु परीक्षामा सामेल भएको परीक्षा प्रवेश पत्र अनिवार्य देखाउनु पर्नेछ । यो योजना २६ जेठ २०७९ देखि ३ असार २०७९ सम्म लागु हुनेछ ।  पोखराको सेदी बगरदेखि सरांकोटसम्म सञ्चालनमा रहेको यस केबुलकारमार्फत करिब १० मिनेटमा सेदीदेखि सरांकोट पुग्न सकिने छ । 

प्रकाशित मिति: सोमबार, जेठ २३, २०७९  १४:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update