Kath khabar
झण्डै १३ अंकले घट्दा एक अर्ब २७  करोड रुपैंयाँको सेयर कारोबार

       काठमाडौं, जेठ २३ । नेप्से उच्च अंकले घटेको छ । साताको पहिलो कारोबार दिन आज सोमबार नेप्से १२ दशमलव ९२ अंकले घटेर दुई हजार ६५ दशमलव ७८ अंकमा सिमित हुन पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव १२ अंकले घटेर चार सय दशमलव ३६ अंकमा सिमित हुन पुगेको छ । नेप्सेमा आज दुई सय २८ वटा कम्पनीहरुको २५ हजार नौं सय आठ पटकको कारोबारमा ४४ लाख नौं हजार छ सय ९१ कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट आज कुल शेयर कारोबार रकम एक अर्ब २७ करोड ३३ लाख ८५ हजार दुई सय ७७ रुपैंयाँ कायम भएको छ । 

नेप्सेमा आज १३ वटा समुहको कारोबार भएकोमा बाँणिज्य बैंक, निर्जिवन बीमा, जीवन बीमा, जलबिद्युत, टेडिङ, होटल तथा पर्यटन र लगानी सहितका सात वटा समुहहरुको सुचक घटेका छन् भने बिकास बैंक, फाईनान्स, लघुवित्त, उत्पादनमुलक, अन्य र सामुहिक लगानी कोष सहितका छ वटा समुहहरुको सुचक बढेका छन् ।

कारोबार भएका कुल कम्पनीह्रु मध्ये आज उपकार लघुवित्त वित्तीय संस्था, बलेफी हाईड्रो पावर कम्पनी आदिको सेयर मुल्य बढेकाछन् भने हिमालयन बैंक, माउन्टेन इर्नर्जी नेपाल लिमिटेड, कालिका माईक्रो क्रेडिट लिमिटेड आदिको शेयर मुल्य घटेका छन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने एशियन लाईफ इन्स्योरेन्स कम्पनी, एनआईसी एशिया बैंक, हिमलयन डिष्ट्रिलरी प्राली आदि परेका छन् ।  

प्रकाशित मिति: सोमबार, जेठ २३, २०७९  १६:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update