Kath khabar
राष्ट्र बैैंकद्धारा नगद प्रवाहमा कडाई



            काठमाडौं, जेठ २३ । नेपाल राष्ट्र बैंकले नगद प्रवाहमा कडाई गर्दे आन्तरिक रेमिटेन्सको लागि सिमा तोकेको छ । राष्ट्र बैंकले सोमबार परिपत्र जारी गर्दै भुक्तानी प्रणाली सम्वन्धी एकीकृत निर्देशन–२०७८ मा संसोधन जारी गर्दे यस्तो सिमा तोकेको हो ।

यो निर्देशन अनुसार अनुमति पत्र प्राप्त रेमिटेन्स कम्पनी, उक्त कम्पनीका सव ऐजेन्ट वा सब रिप्रिजेन्टेटिभहरुले स्वदेशमा आन्तरिक रेमिटेन्स कारोबार नगद भुक्तानी, बैंक खाता, बिद्युतीय वालेट लगायतका जुनसुकै माध्यमबाट गर्दा सम्वन्धीत रेमिटेन्स कम्पनीको प्रणाली अनिवार्यरुपमा प्रयोग गरी प्रतिव्यक्ति, प्रति कारोबार, प्रति दिन अधिकतम २५ हजार रुपैंयाँसम्मको कारोबार गर्न सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

 

प्रकाशित मिति: सोमबार, जेठ २३, २०७९  २०:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update