असार १ देखि भदौ मसान्तसम्म सडक खन्न नपाइने
जबरजस्ती गरे कारबाही गरिने
काठमाडौं, जेठ २५। सरकारले असार १ देखि भदौ मसान्तसम्म सडक खन्ने र भत्काउने काम गर्न नदिने भएको छ । वर्षायाममा सडक खन्दा तत्काल मर्मत गर्न नसकिने र थप बिग्रिँदै जाने भएकाले संघिय सडक सुपेरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंले सडक खन्न स्वीकृति नदिने निर्णय गरेको हो ।
कसैले जबरजस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन २०३१ अनुसार कारवाही गरिने पनि सो कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, जेठ २५, २०७९ १०:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय