Kath khabar
एनआई सी एशिया डाइनामिक डेप्ट फण्डको इकाई घरमै बसी अनलाईन मार्फत खरिद गर्न सकिने

काठमाडौं, जेठ ७ । नेपालमै पहिलो पटक निश्चित आम्दानी हुने उपकरणहरुमा लगानी गर्ने मुख्य उद्देश्यका साथ संचालित एनआई सी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गतको पहिलो खुलामुखी योजना एनआई सी एशिया डाइनामिक डेप्ट फण्डको इकाईहरु अनलाईन मार्फत खरिद गर्न सकिने भएको छ ।

हाल विश्वव्यापी माहामारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाईरस (कोभिड–१९) दोश्रो लहरको संक्रमण देशव्यापीरुपमा दिनप्रतिदिन फैलिरहेको र उक्त संक्रमणलाई रोकथाम गर्नका लागि निषेधाज्ञा जारी गरिएको अवस्थामा उक्त योजनाको इकाई लगानीकर्ताहरुले सहजैरुपमा खरिद गर्ने अवसर प्राप्त होस भन्ने मुख्य उद्देश्यका साथ एनआई सी एशिया क्यापिटलले अनलाईन मार्फत एनआई सी एशिया डाइनामिक डेप्ट फण्डको इकाई खरिद गर्न सकिने व्यवस्था मिलाएको जानकारी दिएको छ ।

अनलाईन मार्फत उक्त डेप्ट फण्ड योजनाको इकाई खरिद गर्नको लागि एनआई सी एशिया क्यापिटलको वेभसाइटमा गई रितपुर्वक विवरण भरी योजनाको इकाई खरिद गर्न सकिने छ । हाललाई इकाई खरिद बापतको रकम भुक्तानी गर्नको लागि एनआई सी एशिया बैंक लिमिटेडको अनलाईन सेवा, कनेक्ट आइपिएस र खल्ती डिजिटल वालेट मार्फत गर्न सकिने छ ।

यस सम्बन्धमा थप जानकारी आवश्यक परेमा क्यापिटलको आधिकारीक मोवाईल नं. ९८५११२१९६४ मा सोझै सम्पर्क गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।  

 

प्रकाशित मिति: शुक्रबार, जेठ ७, २०७८  १४:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update