गए रातिदेखि अवरुद्ध नारायणगढ-मुग्लिन सडक अझै खुल्न सकेन
गएरातीदेखि रोकिएका सवारीसाधनको लाइन नारायणगढसम्म
मुग्लिन, जेठ २६ । वर्षासँगै खसेको पहिराका कारण गए रातिदेखि अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक अझै खुल्न सकेको छैन ।
आज बिहानैदेखि पहिरो हटाएर राजमार्ग सुचारु गराउने प्रयास भइरहेको र बाटो खुल्न समय लाग्ने प्रवक्ता अधिकारीले बताउनु भएको छ । इच्छाकामना-४ स्थित नाग्दिखोलामा गए राति पहिरो खसेका कारण सडक दुईतर्फी अवरुद्ध भएको अधिकारीले जानकारी दिनुभयो ।
पहिराको कारण नारायणगढ-मुग्लिन सडकमा गएरातीदेखि रोकिएका सवारीसाधनको लाइन नारायणगढसम्म आइपुगेको छ । यस्तै तोपेखोलास्थित नाम्सी पुलमा खसेको पहिरो पन्छाउने काम अझै सकिएको छैन । सडकखण्ड एकतर्फी सूचारुमा आएकोले सवारीसाधनको चाप झन् बढेको छ । नारायणगढसम्मै सवारीसाधनको लाइन लागेको छ । हजारौं यात्रुहरु अहिले अलपत्र परेका छन् ।
प्रकाशित मिति: बिहीबार, जेठ २६, २०७९ ११:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय