Kath khabar
पहिराका कारण अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड मध्याह्नबाट पुनः सञ्चालनमा



          मुग्लिन, जेठ २६ । पहिराका कारण अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड  सञ्चालनमा आएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार मध्याह्नदेखि सो खण्ड सुचारु भएको हो ।
 
इच्छाकामना गाउँपालिका-५ स्थित पृथ्वी राजमार्गको नाग्दी खोलामा खसेको पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको हो ।  बुधबार राति ११ः१५ बजेदेखि अवरुद्ध सडक मध्याह्न १२ः०५ बजेबाट सञ्चालनमा आएको हो ।

यस्तै नारायणगढ-मुग्लिन सडकखण्डको इच्छाकामना गाउँपालिका-६ को तोपेखोलास्थित नाम्सी पुलमा बिहान ४ बजेको समयमा खसेको पहिरो बिहान ११ः५० बजे पन्छाइएको हो । रातिदेखि अवरुद्ध भएको सडकमा सवारीसाधनको लामो लाइन लागेको छ ।
 

 

प्रकाशित मिति: बिहीबार, जेठ २६, २०७९  १३:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update