सानिमा बैंकले ल्यायो ‘ग्रीन पिन’
काठमाडौं, जेठ २७ । सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि ग्रीन पिन ल्याएको छ । बैंकका अनुसार ग्रीन पिन कार्डका लागि बनाइएको कागजविहीन पिन हो । ग्राहकहरुले बैंक खातामा दर्ता भएको मोबाइल नम्बरमा एस्.एम्.एस्.द्वारा पाएको कोडबाट आफ्नो डेबिट/क्रेडिट कार्डको पिन परिवर्तन गर्न सक्नेछन् । उक्त कोड पाएको २४ घन्टाभित्र नजिकैको सानिमा बैंकको ए.टि.एम् मा गएर पिन परिवर्तन गर्नु पर्नेछ ।
ग्रीन पिनको मुख्य उद्देश्य कागजी पिनलाई निरुत्साहित गर्नु र डिजिटल बैंकिङ्गलाई अझ सहज, सुरक्षित र सुबिधाजनक बनाउनु हो । सानिमा बैंकको देशको सातै प्रदेशमा एक सय २६ वटा शाखा कार्यालय तथा एक सय १७ वटा ए. टि. एम् संचालनमा रहेका छन् ।
प्रकाशित मिति: शुक्रबार, जेठ २७, २०७९ १२:३६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय