Kath khabar
जस्टिन बिबरको अनुहारको एक भाग पक्षघात


          काठमाडौं, जेठ २९। हलिउडका चर्चित पप गायक जस्टिन बिबरको अनुहार पक्षघात भएको छ। २८ वर्षीय पप गायक जस्टिन बिबरले हालै एउटा भिडियोमार्फत आफ्नो अनुहारको आधा भागमा पक्षाघात भएको खुलासा गरेका छन् । उनले उक्त रोगको कारणले आफ्नो आगामी म्युजिक कार्यक्रम रद्द गर्नुपरेको बताएका छन् ।  'रामसे हन्ट सिन्ड्रोम' ले गर्दा अनुहारको आधा भागमा पक्षघात भएको उनले बताएका छन्। रामसे हन्ट सिन्ड्रोम भनेको एक प्रकारको डर्मेटाइटिस (छालाको रोग) को प्रकोप भएको र यसले कान नजिकैको अनुहारको स्नायुलाई असर गर्ने विज्ञहरू बताउँछन्।

'तपाईंले देख्न सक्नुहुन्छ यो आँखा झिम्किरहेको छैन। म मेरो अनुहारको यो छेउमा हाँस्न सक्दिन',  उनले भनेका छन्। जस्टिन बिबरले आफूलाई निको हुन कति समय लाग्ने थाहा नभएको तर आराम र औषधिले पूर्ण निको हुनेमा आफू सकारात्मक रहेको बताएका छन् । उनले भने, 'म यो समयलाई आराम गर्न मात्र प्रयोग गर्नेछु, ताकि म त्यो गर्न सकूँ, जुन गर्नको लागि म जन्मिएको हुँ।'  जस्टिनका फ्यानहरुले उनको शिघ्र स्वास्थ्य लाभको कामना गरिरहेका छन् ।

प्रकाशित मिति: आइतबार, जेठ २९, २०७९  ११:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update