चिनीको मूल्य बढ्यो
काठमाडौं, जेठ ३०। नेपाली बजारमा चिनीको मूल्य बढेको छ । नेपाल खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधारले चिनी प्रतिकिलो पाँच रूपैयाँ बढेर एक सय पाँच रूपैयाँ पुगेको जानकारी दिनुभएको छ । दुई सातायता चिनीको खुद्रा मूल्य रु १० रुपैयाँसम्मले बढेको उहाँ बताउनुहुन्छ ।
पछिल्लो समय चिनीको होलसेल मूल्य बढेर आएकाले आफूहरू पनि चिनीको मूल्य बढाउन बाध्य भएको उहाँले बताउनुभयो । बजारमा चिनी नभएको मौका छोपी उद्योगीले अस्वभाविक रुपमा मूल्यवृद्धि गरेको उपभोक्ता अधिकारकर्मी बताउनुहुन्छ ।
प्रकाशित मिति: सोमबार, जेठ ३०, २०७९ १३:०९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय