Kath Khabar
नेप्सेमा पहिलो दिन नैं गिरावट



          काठमाडौं, जेठ ३०। नेप्से घटेको छ । साताको पहिलो कारोबार दिन आज सोमबार नेप्से १५ दशमलव ८२ अंकले घटेर दुई हजार ३२ दशमलव ३४ अंकमा सीमित भएको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव तीन अंकले घटेर तीन सय ८९ दशमलव ९५ अंकमा सीमित भएको छ । नेप्सेमा आज दुई सय ३० वटा कम्पनीहरूको २० हजार सात सय ७४ पटकको कारोबारमा २९ लाख २० हजार सात सय पाँच कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल शेयर कारोबार रकम ९९ करोड ८६ लाख ७४ हजार दुई सय ६२ रुपैयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोबार भएको मध्ये वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, फाइनान्स, लघुवित्त, निर्जीवन बीमा, जीवन बीमा सहितका १३ वटै समुहहरूको सूचक घटेर नेप्से पूर्णरुपमा रातो भएको छ ।

कारोबार भएका कुल कम्पनीहरू मध्ये आज बलेफी हाइड्रो पावर कम्पनी, ग्रीन भेन्चर कम्पनी, माउन्टेन इनर्जी नेपाल लिमिटेड आदिको शेयर मूल्य बढेका छन भने मानुषी लघुवित्त वित्तीय संस्था, तेह्रथुम पावर लिमिटेड, किसान लघुवित्त वित्तीय संस्था, बैंक अफ काठमाडौं नेपाल लिमिटेड आदिको शेयर मूल्य घटेका छन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने सानिमा बैंक, उपकार लघुवित्त वित्तीय संस्था, ग्रीन भेन्चर लिमिटेड, नेपाल लाइफ इन्स्युरेन्स कम्पनी आदि परेका छन् ।  


 

प्रकाशित मिति: सोमबार, जेठ ३०, २०७९  १५:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update