Kath Khabar
नेप्सै निकै नै कमजोर, ३६ अंंकले घटेपछि १९ सय अंकमा झर्यो नेप्से



          काठमाडौं, जेठ ३१। नेप्से निकै कमजोर भएको छ । अघिल्लो दिन दोहोरो अंकले घटेको नेप्से साताको दोस्रो कारोबार दिन आज मंगलबार पनि ३६ दशमलव सात अंकले घटेर १९ सय ९६ दशमलव २६ अंकमा झरेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव ४८ अंकले घटेर तीन सय ८३ दशमलव ५१ अंकमा झरेको छ । नेप्सेमा आज दुई सय ३२ वटा कम्पनीहरूको ३१ हजार आठ सय छ पटकको कारोबारमा ४१ लाख ४७ हजार दुई सय ५५ कित्ता शेयर खरिद बिक्री भएको छ भने कुल कारोबार रकम एक अर्ब १८ करोड ५५ लाख ४६ हजार एक सय ७९ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार भएको मध्ये वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, फाइनान्स, निर्जीवन बीमा, जीवन बीमा, लघुवित्त सहितका १३ वटै समुहहरूको सूचक घटेर नेप्से पुरै रातो भएको छ ।

कारोबार भएका कुल कम्पनीहरू मध्ये आज आँधीखोला लघुवित्त वित्तीय संस्था, सानिमा इक्विटी फन्ड, बरुण हाइड्रो पावर कम्पनी आदिको शेयर मुल्य बढेका छन् भने हिमालयन पावर पार्टनर लिमिटेड, तेह्थुम पावर लिमिटेड, बलेफी हाइड्रो पावर कम्पनी, युनाइटेड इन्स्युरेन्स कम्पनी आदिको शेयर मूल्य घटेका छन् । शिवम् सिमेन्ट, नबिल बैंक, उपकार लघुवित्त वित्तीय संस्था, ग्रीन भेन्चर लिमिटेड आदिको भने बढी रकम कारोबार भएका छन ।  


 

प्रकाशित मिति: मंगलबार, जेठ ३१, २०७९  १५:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update