हप्तामा २ दिन बिदा खारेज, आजदेखि कार्यालय हप्ताको ६ दिन नै खुल्ने
काठमाडौं, असार १ । सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय आजदेखि खारेज गरी पुरानै समय निर्धारण गरेको छ ।
जेठ १ गतेदेखि सरकारले हप्तामा दुईदिन सरकारी कार्यालय बिदा दिन थालेपछि यो निर्णय सेवाग्राहीको हितमा नभएको भन्दै चौतर्फी आलोचना भएको थियो । सरकारले एक महिनामै हप्ताको ६ दिन नै सरकारी कार्यालय खोल्ने निर्णय गरेको हो । यस्तै शुक्रबार कार्यालय समय बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म हुने मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, असार १, २०७९ ०९:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय