Kath Khabar
रोकिएन नेप्सेको उच्च गिरावट

 



         काठमाडौं, असार १। नेप्सेको उच्च अंकको गिरावट आज बुधबार पनि कायम रहेको छ । अघिल्लो दिन उच्च अंकले घटेको नेप्से आज पनि २९ दशमलव ८९ अंकले घटेर १९ सय ६६ दशमलव ३७ अंकमा सीमित हुन पुगेको छ । यसैगरी सेन्सिटिभ पनि चार दशमलव छ अंकले घटेर तीन सय ७८ दशमलव ९० अंकमा सीमित हुन पुगेको छ । नेप्सेमा आज दुई सय २९ वटा कम्पनीहरूको ३० हजार छ सय दुई वटा कारोबारमा ४१ लाख ८२ हजार तीन सय ६९ कित्ता शेयर किनबेच भएको छ । जसबाट आज कुल शेयर कारोबार रकम एक अर्ब ४९ करोड १७ लाख ५८ हजार आठ सय १७ रुपैयाँ पुगेको छ ।  

नेप्सेमा आज १३ वटा समुहको कारोबार भएको मध्ये वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, फाइनान्स, निर्जीवन बीमा, जीवन बीमा, लघुवित्त नसिहतका १३ वटै समुहहरूको सूचक घटेर नेप्से पुरै ओरालो लागेको छ ।

कारोबार भएका कुल कम्पनीहरू मध्ये आज सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था, आँधिखोला लघुवित्त वित्तीय संस्था, किसान लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य बढेका छन् भने बलेफी हाइड्रो पावर लिमिटेड, तेह्रथुम पावर लिमिटेड, माउन्टेन हाइड्रो नेपाल लिमिटेड आदिको शेयर मूल्य घटेका छन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने नेपाल टेलिकम, बैंक अफ काठमाडौं नेपाल लिमिटेड, हिमालयन डिस्ट्रिलरी प्रालि आदि परेका छन् ।

 

 

प्रकाशित मिति: बुधबार, असार १, २०७९  १५:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update