Kath Khabar
नेप्सेमा सात अंकले गिरावट, ७३ करोड ६२ लाख रुपैयाँको मात्र शेयर कारोबार



              काठमाडौं, असार ३। नेप्सेमा पुन गिरावट आएको छ । अघिल्लो दिन बढेको नेप्से आज शुक्रबार सात दशमलव ५७ अंकले घटेर १९ सय ७१ दशमलव ३६ अंकमा सीमित भएको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ६९ अंकले घटेर तीन सय ८१ दशमलव १४ अंकमा सीमित भएको छ । नेप्सेमा आज दुई सय २० वटा कम्पनीहरूको १५ हजार एक सय ६२ पटकको कारोबारमा २३ लाख ५४ हजार नौं सय ११ कित्ता शेयर खरिद बिक्री भएकाछन । सो अनुसार आज कुल कारोबार रकम ७३ करोड ६२ लाख ३५ हजार दुई सय ९८ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोबार भएको मध्ये सामूहिक लगानी कोष समुहको सूचक बढेर वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, फाइनान्स, निर्जीवन बीमा, जीवन बीमा, लघुवित्त, ट्रेडिङ, होटल तथा पर्यटन र लगानी सहितका १२ वटा समुहहरूको सूचक घटेका छन् ।

कारोबार भएका कम्पनीहरू मध्ये आज आँधीखोला लघुवित्त वित्तीय संस्था, सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था, आशा लघुवित्त वित्तीय संस्था आदि परेका छन् भने बढी गुमाउने कम्पनीहरूको सुचीमा रिभर फल्स पावर लिमिटेड, तेह्रथुम पावर लिमिटेड, जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था आदि परेका छन । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने नेपाल टेलिकम, सेन्चुरी कमर्सियल बैंक, नेपाल क्रेडिट एण्ड कर्मश बैंक आदि परेका छन् ।

नेप्से सातामा छ दिन नै खुल्ने
नेप्से अबदेखि छ दिन नै खुल्ला रहने भएको छ । सरकारले असार एक गते देखि शुक्रबारको बिदा काटेर हप्ताको छ दिन नै कार्यालय समय बनाएपछि नेप्सेले पनि हप्ता दिन नै कारोबार खुल्ने जानकारी दिएको छ । सो अनुसार अब आइतबारदेखि बिहिबारसम्म ११ बजेदेखि तीन बजेसम्म र शुक्रबारको हकमा भने ११ बजेदेखि अपरान्ह एक बजेसम्म शेयर कारोबार हुने छ ।

 


 

प्रकाशित मिति: शुक्रबार, असार ३, २०७९  १३:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update