काठमाडौं, असार ३। बेसार पानी मानिसहरूलाई मात्र नभई कुखुराहरुको लागि पनि एकदमै उपयोगी मानिन्छ। बेसार एउटा एन्टिबायोटिक गुण भएको प्लान्ट पनि हो। बेसार पानीले मुटुलाई स्वस्थ राख्ने काम गर्दछ साथै शरीरमा भएका टन्सिल निकाल्न मद्दत गर्दछ। टन्सिलबाट हुने लिभरको खराबीबाट बचाउन पनि बेसार पानी एकदम उपयोगी मानिन्छ। जाडो महिनामा कुखुरालाई हुने श्वासप्रश्वास सम्बन्धी समस्याहरू, खोक्ने, घ्यार घ्यार हुने, टन्सिल समस्याहरूमा पनि कुखुरालाई बेसार पानी दिन सकिन्छ।
बेसार पानीको नियमित सेवनले पित्त बढ्नमा सहयोग गर्दछ जसले गर्दा दाना तथा आहाराहरु पच्ने गर्दछ। बेसारपानीको सेवनले इम्युनिटी पावर बढाउने कुखुरालाई विभिन्न रोगहरु लाग्नबाट बचाउँदछ।
कुखुराको इम्युनिटी पावर बढाउनको लागि बेसार र तुलसीको पात पकाएर खानदिनुपर्छ । ४०० वटा कुखुराको लागि चार गिलास पानीमा ८ चम्चा बेसार राख्नुपर्छ । त्यसपछि कुखुराको पिउने पानीमा राखी समयसमयमा ४-५ दिनसम्म खानदिनुपर्छ। यसरी नै कुखुराको संख्या अनुसार मात्रा मिलाएर बेला-बेलामा सेवन गर्न दिन सकिन्छ ।
कुखुरामा लाग्ने फलपक्स रोग जसमा शरीरको नरम र प्वाँख नभएको भाग सिउर, टाउको, खुट्टा, आँखाका डिल, लोती आदिमा खटिराहरु आउने गर्दछ र ति खटिरापछि पाक्ने र सुकेर पाप्रा बन्ने गर्दछन्। यी खटिराहरुमा औषधिको रूपमा तेल बेसारको लेप लगाउँदा पनि एकदमै राम्रो काम गर्दछ। त्यसैले बेसारको उपयोग मानिसलाई मात्र नभई कुखुराहरुमा पनि एकदम लाभदायक मानिन्छ।