Kath khabar
नीति तथा कार्यक्रम ल्याउदै मेयर बालेन्द्र

    

             काठमाडौं, असार ५ । काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम आज सार्वजनिक गरिदैंछ । राष्ट्रिय सभागृहबाट दिउसो ३ बजे मेयर बालेन्द्रले नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । नीति तथा कार्यक्रम अनुमोदन गर्न महानगरपालिकामा कार्यपालिका बैठक अहिले जारी छ।

स्वतन्त्र उम्मेदवार बालेन्द्र साह मेयरमा निर्वाचित भएपछिको यो पहिलो नीति तथा कार्यक्रम भएकोले यसलाई महत्वका साथ हेरिएको छ । साहले नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा एकीकृत समाजवादीको घोषणा पत्रलाई पनि नीति तथा कार्यक्रममा समेट्ने तयारी गर्नुभएको छ ।

यसैगरी मेयर साहले काठमाडौंबाट १२ किमि को दूरीमा रहेको नुवाकोटको सिसडोलस्थित ल्यान्डफिल साइटमा रंगशाला बनाउने विषयमा पनि छलफल गर्दै हुनुहुन्छ । उहाँले सिसडोलको फोहोर व्यवस्थापन गरी रंगशाला बनाउन विषयमा एन्फाका पंकजविक्रम नेम्वाङसँग पनि छलफल गर्नुभएको छ । काठमाडौं नगरपालिकाले यही असार १० गते बजेट ल्याउने तयारी रहेको छ ।

 

 

प्रकाशित मिति: आइतबार, असार ५, २०७९  १२:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update