Kath khabar
अफगानिस्तानको काबुल गुरुद्वारामा आक्रमण

        काबुल, असार ५ । अफगान गृह मन्त्रालयका काबुल प्रहरीका प्रवक्ता खालिद जदरानका टकूरका अनुसार स्थानीय समयानुसार बिहान साढे ६ बजेतिर आक्रमण भएको थियो। शनिवार बिहानै आक्रमण हुँदा करत-ए-परवान गुरुद्वारामा ३० जनाजति मानिस भएको उक्त धार्मिक स्थलका १ अधिकारीले बताएका थिए।  प्रवक्ता खालिद जदरानका अनुसार आक्रमण गर्न आएका सबै जना कारबाहीका क्रममा मारिएका छन्। आक्रमणकारीहरू को हुन् त्यो खुल्न बाँकी नै छ।

यसअघि तालिबान नेतृत्वको सरकारको गृह मन्त्रालयका प्रवक्ता अब्दुल नफी टकूरले गुरुद्वारा बाहिर केही विस्फोटन भएका र त्यसपछि केही सशस्त्र व्यक्ति गुरुद्वारा परिसरभित्र छिरेको बताएका थिए। स्थानीय टेलिभिजन टोलोले विस्फोटन भएको क्षेत्रबाट धुवाँको बाक्लो मुस्लो उडेको दृश्य प्रसारण गरेको थियो।

काबुल प्रहरीका प्रवक्ता खालिद जदरानका अनुसार आक्रमण गर्न आएका सबै जना कारबाहीका क्रममा मारिएका छन्। अहिले घटना भएको गुरुद्वारा काबुलमा बाँकी भएको अन्तिम सिख मन्दिर हो। सन् १९७० को दशकमा अफगानिस्तानमा सिखको जनसङ्ख्या एक लाखजति थियो। सिख समुदायका नेताहरूका अनुसार अहिले अफगानिस्तानमा सिख धर्मावालम्बीको सङ्ख्या १४० जति छ।

 

प्रकाशित मिति: आइतबार, असार ५, २०७९  १३:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update