Kath Khabar
नेप्सेमा उच्च गिरावट, ३७ अंकले घटेर सबै सूचक रातै


          काठमाडौं, असार ५। नेप्से उच्च अंकले घटेको छ । साताको पहिलो कारोबार दिन आज आइतबार नेप्से ३७ दशमलव २७ अंकले घटेर १९ सय ३४ दशमलव ११ अंकमा सीमित हुन पुगेको छ । यसैगरी सेन्सिटिभ पनि सात दशमलव २९ अंकले घटेर तीन सय ७३ दशमलव ८५ अंकमा सीमित हुन पुगेको छ । आज दुई सय २३ वटा कम्पनीहरूको २७ हजार छ पटकको कारोबारमा ३६ लाख ६६ हजार आठ सय ९१ कित्ता शेयर खरिद बिक्री भएका छन । सोही आधारमा आज कुल शेयर कारोबार रकम एक अर्ब १३ करोड ४० लाख ९१ हजार दुई सय १२ रुपैयाँ पुगेको छ । 

नेप्सेमा आज १३ वटा समुहको कारोबार भएको मध्ये वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, फाइनान्स, निर्जीवन बीमा, जीवन बीमा, लघुवित्त सहितका १३ वटै समुहहरूको सूचक घटेर नेप्से पुरै रातो भएको छ ।

कारोबार भएका कुल कम्पनीहरू मध्ये आज आँधिखोला लघुवित्त वित्तीय संस्था, सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था, विशाल बजार कम्पनी आदिको शेयर मूल्य बढेका छन भने रिभर फल्स पावर लिमिटेड, कालिका माइक्रो क्रेडिट लघुवित्त वित्तीय संस्था, कर्पोरेट डेभलपमेन्ट बैंक आदिको शेयर मूल्य भने घटेका छन । बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने आज नेपाल टेलिकम, सेञ्चुरी कमर्सियल बैंक, एनसीसी बैंक आदि परेका छन् ।

 

 

प्रकाशित मिति: आइतबार, असार ५, २०७९  १६:००
प्रतिक्रिया दिनुहोस्
Weather Update