स्पेन, जेठ ८ । स्पेनिस लिग ला लिगामा आज उपाधीको टुंगो लाग्नेछ । उपधी दौडमा मड्रिड शहरका चिरप्रतिद्धन्द्धी एट्लेटिको र रियल रहेका छन् । त्यसैले आजराती हुने लिगका अन्तिम खेलले समर्थकमा रोमान्चकता थपेको छ ।
एट्लेकिोले रेलिगेसन नजिक रहेको रियल भल्लाडोलिडसंग उसकै मैदानमा खेल्दैछ । शीर्ष स्थानको एट्लेटिकोको ८३ अंक छ । यता दोस्रो स्थानमा रहेको रियल मड्रिडमात्र दुइ अंकले पछि छ । रियलले घरेलु मैदानमा भिल्लारियलसंग प्रतिस्पर्धा गर्नेछ । दुवै खेल नेपाली समय अनुसार पौने दश बजे सुरु हुनेछन् ।
यदि आजको खेलमा जीत हात पारे अथवा रियालको नतिजा आफु अनुकुल आएपनि एट्लेटिको च्याम्पियन बन्ने छ । रियाललाइ भने जितेर मात्र पनि पुग्नेछ छैन्, उसलाइ उपाधीका लागि एट्लेटिकोको हार आवश्यक पर्नेछ । यदि एट्लेटिकोले बराबरी खेल्यो र रियाल जित्यो भने दुवैको समान ८४-८४ अंक छ । यस्तो गोल हेड टु हेडका आधारमा रियलले उपाधी जित्नेछ । साविक विजेता रियलका प्रशिक्षक जिनेदिन जिदानको भविष्यलाइ लिएर प्रश्न उठिरहेको छ ।
च्याम्पियन्स लिगको सेमीफाइनलमा चेल्सीसँग पराजित हुँदै बाहिरिएको रियलले कोपा डेल रे मा पनि प्रभाव जमाउन सकेन । जसका कारण रियाल सिजनमा उपाधी विहिन बन्ने संभावन उच्च भएपछि जिदान रियालमा बस्नु हुन्छ या हुँदैन भन्नेमा चासो बढेको छ । यस बारे सोधिएको प्रश्नमा जिदानले आफ्नो भविष्यको चिन्ता नरहेको भन्दै खेलमा केन्द्रित भएको जवाफ दिनुभयो ।
यता डिएगो सिमोयानी सन २०१४ यता देखीको एट्लटिको लिग उपाधी खडेरी तोड्ने चाहना छ र एट्लेटिकोका लुइस स्वारेजका लागि पनि यो खेल महत्वपुर्ण मानिएको छ । स्वारेज यसै सिजन बार्सा बाट एट्लेटिको आउनु भएको हो । बार्सिलोना भने यस अघि नै उपाधी होडबाट बाहिरिसकेको छ ।