काठमाडौं, असार ६। नबिल बैंकले कतार एयरवेजसँग बैंकका कार्ड प्रयोगकर्ताहरूलाई विशेष सुविधा प्रदान गर्न सम्झौता गरेको छ जस अन्तर्गत नबिल बैंकका कार्ड प्रयोगकर्ताहरूले युरोप, अमेरिका र अफ्रिकाका चुनिएका गन्तव्यहरूमा लागू हुनेछ र हवाई टिकट खरिद गर्दा १० प्रतिशत छुट पाउनेछन् । यो छुट यही असार १७ गते देखि लागू हुनेछ ।
एक कार्यक्रममा बिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र कतार एयरवेजका बंगलादेश तथा नेपालका कन्ट्री म्यानेजर मोहम्मद एलइमामका तर्फबाट सेल्स म्यानेजर सारिक बोगटीले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका हुने । यो साझेदारी अन्तर्गत बिजनेस र इकोनोमी क्लास हवाई टिकटमा उक्त १० प्रतिशत छुट लागू हुनेछ, र यसका लागि बैंकका कार्ड प्रयोगकर्ताहरूले कतार एयरवेजका प्रतिनिधिहरूलाई आफ्नो नबिल बैंकको कार्ड पेश गर्नुपर्ने हुन्छ ।
कतार एयरवेज अन्तर्राष्ट्रिय हवाई यातायात मूल्यांकन संस्था, स्काईट्रक्याक्सद्धारा फाइभ स्टार कोभिड १९ एयरलाइन्स सेफ्टी रेटिङ हासिल गरेको एक विश्वव्यापी अन्तराष्ट्रिय हवाई सेवा हो । अन्तर्राष्ट्रिय यात्रामा कोभिड–१९ को प्रभावलाई ध्यानमा राख्दै, यो सहकार्यले हाम्रा ग्राहकहरूका लागि यो साझेदारी लाभदायक हुने नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरीले शाहले बताए ।
सन् १९८४ देखि आफ्ना ग्राहकहरूलाई समायानुकुल सेवा प्रदान गर्दै आएको नबिल बैंकको १५० शाखा, १८७ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु रहेको नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको इतिहासमा कोसेढुङ्गाकोरुपमा काम गर्दै आएको छ ।