Kath khabar
पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै सार्वजनिक यातायातको भाडा बढ्यो



      काठमाडौं, असार ६। सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातमा पुनः भाडादर वृद्धि गरेको छ । सोमबार यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै यात्रुवाहक सवारी, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा वृद्धि गरेको हो । 

विभागले आजैदेखि लागू हुने गरी अन्तरप्रदेश यात्रुबाहक तथा मालबाहक यातायातमा ५.३ प्रतिशतदेखि अधिकतम ७.७ प्रतिशतसम्म भाडा बढाएको छ। पछिल्लो पटक आइतबार डिजेलको मूल्यमा प्रतिलिटर २७ रुपैयाँसम्मले मूल्यवृद्धि भएसँगै मूल्य समायोजन गर्नु परेको विभागको भनाइ छ ।

प्रकाशित मिति: सोमबार, असार ६, २०७९  १४:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update