“होण्डा मनसुन एक्सचेन्ज” उपहार योजना सुरु
काठमाडौं, असार ७। होण्डा टू व्हीलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले “होण्डा मनसुन एक्सचेन्ज” नामक आकर्षक ग्राहकमुखी उपहार योजना लिएर आएको छ । प्रत्येक होण्डा मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गर्दा सात हजार रुपैंयासम्मको एक्सचेन्ज बोनस तथा चार हजार रुपैंयाँसम्मको क्यासब्याक पनि हातपार्न सकिनेछ भने फ्री चेकअप र टेस्ट राइडको पनि व्यवस्था रहेको कम्पनीले जनाएको छ ।
योजना २०७९ असार ५ गते देखि असार १० गतेसम्म मात्रै लागू हुनेछ । यस योजना अन्तर्गत उपत्यकाभित्रका ग्राहकहरूले मात्रै सहभागिता जनाउन सक्नेछन् । नेपालमा सर्वाधिक रुचाइएको होण्डाको मोटरसाइकल तथा स्कुटरको हकमा आएको यो आकर्षक उपहार योजनाले ग्राहकहरूमा थप उत्साह जगाउने विश्वास कम्पनीले लिएको छ ।
प्रकाशित मिति: मंगलबार, असार ७, २०७९ १६:४६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय