Kath khabar
काठमाडौंमा थप दुईजनामा हैजा पुष्टि, सतर्क रहन आग्रह


          काठमाडौं, असार ८। काठमाडौंमा थप दुई जनामा हैजाको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचाररत थप दुई जनामा हैजा पुष्टि भएको हो ।

अहिलेसम्म दुईजनामा मात्र हैजा संक्रमण पुष्टि भएपनि संक्रमितको संख्या बढ्न सक्ने आँकलन चिकित्कसहरुको छ । हैजा झाडापखाला जस्तो देखिने भएपनि समयमै उपचार नभए ज्यानै जान सक्ने चिकित्सकहरु बताउछन् । सबैको अवस्था गम्भिर नहुने भएपनि हैजाका १० जनाका बिरामीमध्ये १ जनालाई भने कडा किसिमको संक्रमण देखिने गरेको छ ।

स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले हैजा रोगको रोकथाम तथा नियन्त्रणको लागि सतर्क रहन आम नागरिकलाई आग्रह गरेको छ।  
 

प्रकाशित मिति: बुधबार, असार ८, २०७९  ०९:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update