अफगानिस्तान, असार ८। अमेरिकी भौगर्भिक अध्ययन निकाय यूएसजीएसका अनुसार उक्त भूकम्प ६.१ म्याग्निट्यूडको थियो र ५१ किलोमिटर गएको थियो। केन्द्रबिन्दु भन्दा ५०० किलोमिटर टाढासम्म भूकम्पको तरङ्ग पुगेको बताइएको छ।
मध्यरातपछि भूकम्प आउँदा धेरै मानिसहरू सुतिरहेका थिए। एक स्थानीय अधिकारीले २५० जनाभन्दा बढीको ज्यान गएको र त्यो सङ्ख्या अझै बढ्न सक्ने बताएका छन्। उनका अनुसार प्रारम्भिक जानकारीमा १५० जनाभन्दा बढी घाइते भएको विवरण आएको छ।
भूकम्पको केन्द्रबिन्दु दक्षिणपूर्वी अफगानिस्तानको खोस्त सहरभन्दा झन्डै ४४ किलोमिटर टाढा रहेको बताइएको छ। अफगानिस्तान बाहेक पाकिस्तान र भारतसम्म पनि उक्त भूकम्पको धक्का महसुस भएको युरोपेली भूकम्प मापन केन्द्र ईएमएससीले जनाएको छ।
प्रत्यक्षदर्शीहरूले जनाएअनुसार अफगान राजधानी काबुल र पाकिस्तानको राजधानी इस्लामाबादमा पनि भूकम्पको धक्का पुगेको थियो।
"हिजो पाक्तिका प्रान्तका चार जिल्लामा शक्तिशाली भूकम्प गयो। भूकम्पका कारण हाम्रा सयौँ नागरिकको ज्यान जाननुका साथै दर्जनौँ घरहरू ध्वस्त भएका छन्," सरकारका प्रवक्ता बिलाल करिमीले ट्विटरमा लेखेका छन्। "उक्त क्षेत्रमा थप विपद् आउन नदिनका लागि तत्काल उद्धार टोली पठाउन हामी दाताहरूलाई आग्रह गर्छौँ।"
बीबीसी