सडकका घाइते जनावरलाई अस्पताल लैजान ललितपुर महानगरको एम्बुलेन्स सेवा सुरु
ललितपुर, असार ८। सडकमा छाडिएका घाइते जनावरलाई अस्पताल लैजान ललितपुर महानगरपालिकाले एम्बुलेन्स सेवा सुरू गरेको छ। स्नेहाज केयरको सहकार्यमा उक्त एम्बुलेन्स सेवा सुरु गरिएको हो ।
ललितपुरका महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले बुधबार आयोजित एक कार्यक्रममा एम्बुलेन्सको साँचो स्नेहाज केयरकी प्रमुख स्नेहा श्रेष्ठलाई हस्तान्तरण गर्दै सेवा सुरू गर्नुभएको छ । विभिन्न कारणले घाइते भएका जनावरलाई उपचारका लागि अस्पताल पुर्याउन सहयोग पुगोस् भन्ने उद्देश्यले यो एम्बुलेन्स सेवा सुरु गरेको मेयर महर्जनले बताउनुभयो ।
प्रकाशित मिति: बुधबार, असार ८, २०७९ १४:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय