नबिल बैंकबाट बिदा भए अनिल शाह, प्रमुख कार्यकारीमा सुजित कुमार शाक्य नियुक्त
काठमाडौं, असार ८। नबिल बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा सुजीत कुमार शाक्य नियुक्त हुनुभएको छ । बैंक सञ्चालक समितिको यही असार ६ गते मंगलबार बसेको बैठकले शाक्यलाई कामु प्रमुख कार्यकारीमा नियुक्त गरेको हो ।
यस अघि बैंकको प्रमुख कार्यकारी अधिकृतमा अनिल केशरी शाह रहनुभएको थियो । उहाँको कार्यकाल मंगलबारदेखि नै सकिएपछि बैंकले शाक्यलाई कामु प्रमुख कार्यकारीको जिम्मेवारी सुम्पेको हो ।
प्रकाशित मिति: बुधबार, असार ८, २०७९ १५:२८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय