Kath khabar
साउन १ गतेदेखि फोहोर छुट्याउन काठमाडौँ महानगरको अनुरोध

 


          काठमाडौं, असार ९। काठमाडौँ महानगरपालिकाले साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोर छुट्याएर राख्न महानगरवासीलाई आग्रह गरेको छ । काठमाडौँ महानगरपालिकाले घरमा उत्पादन भएको फोहोर भान्साबाटै छुट्याउन महानगरबासीलाई आग्रह गरेको हो ।

२०६८ सालमा सरकारले जारी गरेको फोहोरमैला व्यवस्थापन ऐन र २०७७ सालमा काठमाडौँ महानगरले जारी गरेको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐनको व्यवस्था कार्यान्वयन गराउन साउन १ गतेबाट कार्यान्वयन गर्ने गरी यसप्रकारको अनुरोध गरेको हो ।

फोहोर संकलकलाई मिसिएको फोहोर दिए एक पटकमा ५ सय रुपैयाँ जरिवाना गर्नसक्ने पनि महानगरको वातावरण तथा कृषि विभागले जानकारी दिएको छ।

प्रकाशित मिति: बिहीबार, असार ९, २०७९  १०:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update